भक्तपुर । केन्द्र र प्रदेश सरकारले अझै काम नगरे हिंसात्मक आन्दोलन गर्ने चाँगुनारायण नगरपालिकाले चेतावनी दिएको छ । नगरपालिकाका प्रमुख जीवन खत्रीले बारम्वारको ताकेताले पनि भक्तपुरदेखि नगरकोटसम्म पुग्ने सडक पुननिर्माण सम्पन्न नभएकाले यसविद्धरु हिंसात्मक आन्दोलनको चेतावनी दिएका हुन् ।
धेरैपटक आग्रह गर्दापनि निर्माण कम्पनीले वेवास्ता गर्दै आएको र सरकारले कार्यअवधि थप्दै आएको भन्दै प्रमुख खत्रीले लोकतान्त्रिक आन्दोलनलाई वेवास्ता गरे हिंसात्मक आन्दोलन गर्ने बताए । नेपाल प्रेस सोसाइटी भक्तपुरको आयोजनामा नगरकोट भ्रमण वर्ष २०८२ को तयारी र समग्र चाँंगुनारायण नगरपालिकाको समृद्धि विषयक अन्तरक्रियामा नगरप्रमुख जीवन खत्रीले भ्रमण वर्ष अगावै सडकको काम सकाउनु पर्ने बताए ।
भ्रमण वर्षलाई नकारात्मक प्रभाव पार्ने अवस्था आए हिंसात्मक आन्दोलनमा जानुको विकल्प नभएको जिकिर गरे । उनले भ्रमण वर्षको सम्पूर्ण तयारी पूरा भइसकेको बताए । २०८२ वैशाख १ गतेदेखि भ्रमण वर्ष सुरु हुने उनको भनाइ छ । भ्रमण वर्षको क्रममा वर्षभरि नगरपालिकाको वडा नं १ देखि ९ सम्मकै सम्पूर्ण क्षेत्रमा विभिन्न क्रियाकलापहरु हुने जनाए ।
नगरबासीको आर्थिक समृद्धिमा सहयोग पुग्ने विश्वास गर्दै चाँंगुनारायण नगरपालिकामा दोश्रो पटक स्थानीय निकायको निर्वाचन भएर २०८० मा जीवन खत्रीको नेतृत्वमा चाँंगुनारायण नगरपालिकामा नयाँं जनप्रतिनिधि आएको पहिलो बैठकमै नगरकोट भ्रमण वर्ष २०८२ को घोषणा भएको थियो ।
घोषणा लगतै नगरपालिकाले तयारीको काम थालेको भन्दै प्रमुख खत्रीले भ्रमण वर्षलाई सफल पार्न सवैसँंग सहयोगको आशा गरेको बताए । कार्यक्रममा चाँंगुनारायण नगरपालिका वडा नं ६ नगरकोटका वडा अध्यक्ष धनबहादुर लामाले नगरकोट भ्रमण वर्ष २०८२ का विविध विषयमा चर्चा गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चितवन लगिएको छ । सहकारीको रकम हिनामिना गरेको आरोपमा थुनामा रहेका लामिछानेलाई मंगलबार चितवन लगिएको हो । सहारा चितवन सहकारी लिमिटेडको...
काठमाण्डौ । पाठेघरको मुखको क्यान्सर रोकथाम गर्न फागुन महिनाभर परिक्षण हुने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले दुई लाख ५० हजार महिलाको परीक्षण तथा रोग पहिचान गर्ने...
काठमाण्डौ । यो वर्षकै कम तापक्रम उपत्यकामा मापन भएको छ । काठमाण्डौ उपत्यकामा मंगलबार यो वर्षकै कम तापक्रम मापन गरिएको हो । कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी...
काभ्रेपलाञ्चोक । जिल्लाको पर्यटकीयस्थल भुम्लु गाउँपालिका दोलालघाट क्षेत्रमा पर्ने सुनकोशी र इन्द्रावती दुई नदीमा स्टिमर (मोटरबोट) सञ्चालनको तयारी थालिएको छ । यसका लागि सम्झौताअनुसार परीक्षण भइरहेको गाउँपालिकाले जनाएको छ...