भर्खरै : Sorry, your browser does not support inline SVG.
यात्रामा निस्किनुअघि सावधान! बाढी-पहिरोले यी राजमार्ग र सडक पूर्ण बन्द, कतिपयमा एकतर्फी मात्र सञ्चालन | युट्युब बन्यो गुरु! दाङकी सुलोचनाले ११ कट्ठामा कागती खेती गरेर कमाइन् लाखौँ रुपैयाँ | काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द | युक्रेन युद्ध रोक्न ट्रम्प–पुटिनबीच ९० मिनेट वार्ता, पुटिनले दिए मस्को भ्रमणको निम्तो | लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो | नौबिसे-मलेखु सडक विस्तारले समात्यो गति, ६०% काम सम्पन्न, बिटुमिन संकटपछि फेरि तीव्र निर्माण | प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी | मौसमी चेतावनी: यी प्रदेशमा ठूलो वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह |

मन्त्री थापाद्वारा करिब ८० लाखकाे सूर्यविनायक नगर अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्त्रण

मन्त्री थापाद्वारा करिब ८० लाखकाे सूर्यविनायक नगर अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्त्रण

भक्तपुर । सुर्यविनायक नगरअस्पतालाई एक थान भेन्टिलेटर र दुई थान अक्सिजन कन्सन्ट्रेटर मेसिनसहित करिब ३५ लाखका मेसिन र ४५ लाखकाे औषधीलगायत स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । बागमती प्रदेश स्वास्थ्यमन्त्री किरण थापाले आज एक कार्यक्रमकाबीच नगर प्रमुख बासुदेव थापा र अस्पतालका कार्यकारी निर्देशक एवं युरोलोजिष्ट मृगौला प्रत्यारोपण सर्जन प्रा. डा. राकेश कुमार वर्मालाई हस्तान्तरण गरेका हुन ।

यसबात विरामीलाई थप उपचारमा सहज र सेवामा गुणस्तर हुनेमा स्वास्थ्य मन्त्रालय, बागमती प्रदेश स्वास्थ्य मन्त्रालय विस्वस्त रहेकाे बताए । अस्पताललाई भेन्टिलेटर र अक्सिजन कन्सन्ट्रेटर मेसिन हस्तान्तरण गर्दै यसबाट विरामीले घर आगनमै उपचार सेवा पाउने मन्त्री थापाकाे जाेड छ । विभिन्न दातृ निकायसित समन्वय गरेर हेल्थ इनभाइरनमेन्ट एण्ड क्लाइमेट एक्सन फाउण्डेशनका तर्फबाट भेन्टिलेटर तथा हाइ फ्लाे नजल क्यानुलासहित स्वास्थ्य सामग्री वितरण गर्न पाउँदा निकै खुसि लागेकाे मन्त्री थापाले बताए ।

मेसिन हस्तान्त्रण कार्यक्रममा अन्तर्राष्ट्रिय बौद्ध संस्था ‘जु ची फाउण्डेसन’ले भेन्टिलर सहयोग गरेको हेल्थ इनभाइरनमेन्ट एण्ड क्लाइमेट एक्सन फाउण्डेशन जानकारी दियाे ।पछिल्लो समय अस्पतालमा बिरामीको सङ्ख्या बढ्दै गएको र यस्ता सामाग्री नहुँदा अन्यत्रै रिफर गरिदै आएको सर्जन डा वर्माले बताए । अब अस्पतालबाट विरामीले सहज र सस्तोमा सेवा पाउने विश्वास व्यक्त गरे ।

मन्त्री थापा सहितको टोलीले अस्पताल भवनको अप्रेशन कक्ष, अक्सिजन कक्ष र अन्य भवनहरुको स्थलगत निरीक्षणसमेत गरेकाे छ ।टिलीले अस्पतालको भौतिक अवस्थाको निरिक्षण गरेसँगै मन्त्रालयबाट थप सहयोग गर्ने वचन दिएकाे छ । नगरपालिकाबाट निर्माण गरिएका भवनको स्थलगत निरीक्षणमा बागमती सरकारका स्वास्थ्य मन्त्री किरण थापा, नगर प्रमुख बासुदेव थापा, नगरपालिका प्रवक्ता रबिन्द्र सापकोटा, उप प्रमुख सरिता तिमिल्सेना भट्टराइ, नगरकार्यपालिका सदस्यहरू तथा वडा अध्यक्षहरू एवं विभिन्न संघ सस्थाका प्रतिनिधि, संचारकर्मी लगायतको सहभागिता रहेकाे थियाे ।

उक्त टाेलीले अस्पतालको भौतिक अवस्थाको निरिक्षण, अप्रेशन थ्रेटर, OPD, ICU, HDU, अक्सिजन कक्षलगायतकाे निरिक्षण गरेकाे हाे । मंसिर महिना भित्रबाटै अस्पतालले एचडियु सहितको सेवा विस्तार गर्न लागिएको साे समयमा जानकारी दिएको थियाे । सूर्यविनायक नगरपालिका वडा नं ७ का वडाध्यक्ष तथा नगर कार्यपालिकाका प्रवक्ता रबिन्द्र सापकोटाले मंसिर महिना भित्रै सेवा विस्तार गर्न सरोकारवालबीच थप गृहकार्य भइरहेको जानकारी दिए ।

सूर्यविनायक नगरपालिकाले आफ्नै लगानी तथा आफ्नै व्यवस्थापनमा करिब चार वर्ष अघि नगर अस्पताल सञ्चालनमा ल्याएकाे हाे । सरकारले गाउँपालिकामा ५ बेड र नगरपालिकमामा दश बेडको आफ्नै अस्पताल हुनुपर्ने व्यवस्था गरेसँगै सूर्यविनायक नगरपालिकाले आफ्नै नगर अस्पताल निर्माण गरेको हो ।

नगरपालिकाले सबै वडामा ल्याबसहितको आधारभूत स्वास्थ्य केन्द्रबाट सेवा प्रदान गरिरहेको, स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखी स्वास्थ्य बीमा रकम प्रतिघर १००० रुपियाँ अनुदान दिने कार्यक्रम सञ्चालनमा ल्याएकाे र हाल यस कार्यक्रममार्फत १५ हजारबढी परिवारले स्वास्थ्य बीमा गरिसकेकाे जनाएकाे छ ।

तस्वीरमा…

 

 


Thali Mobile Pvt.Ltd.