भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

पत्रकार रेणु त्वानावासु सम्मानित

पत्रकार रेणु त्वानावासु सम्मानित

काठमाडौं । पत्रकार रेणु त्वानावासुलाई सम्मान गरिएको छ । श्रीरामस्मृति पत्रकारिता पुरस्कार शनिबार पत्रकार रेणु त्वानावासुलाई प्रदान गरिएको हो ।

नेवाः पत्रकार राष्ट्रिय दबूको काठमाण्डौ विजयश्वरीमा रहेको नेपाल भाषा मंका खलःको सभाहलमा भएको १२औं साधारण सभामा बाग्मती प्रदेशका उद्योग वाणिज्य तथा भूमि प्रशासन मन्त्री रामकृष्ण चित्रकारले त्वानावासुलाई पुरस्कृत गरेका हुन ।

कार्यक्रममा तीन जनालाई विशेष सम्मान गरिएको छ । सञ्चारमाध्यमको समावेशीकरण र नेपालभाषा र संस्कृति प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान र्पुयाएको भन्दै आदिवासी जनजाति पत्रकार महासङ्घका निवर्तमान अध्यक्ष डण्ड गुरुङ, गोरखापत्रका सल्लाहकार सम्पादक उपेश महर्जन र गुठी संस्थानका केन्द्रीय प्रशासक किरण शाक्यलाई विशेष सम्मान गरिएको हो ।

कार्यक्रममा नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ, उपाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठ, पुरस्कार समितिका संयोजक सुनिल महर्जन, दबूको काठमाण्डौ शाखाका अध्यक्ष अर्विनमान सिहं, काठमाण्डौ महानगरका प्रवक्ता नवीन मानन्धर, आदिवासी जनजाति पत्रकार महासङ्घका अध्यक्ष गजुरधन राई, पुरस्कृत पत्रकारकातर्फबाट सिल्भिया राजोपाध्याय, सम्मानित पत्रकारका तर्फबाट डण्ड गुरुङलगायतले आफ्नो धारणा राखेका थिए ।

भिक्षु कुमारकाश्यप स्मृति पत्रकारिता पुरस्कार पत्रकार उदेन मानन्धर, ज्ञानदेवी–मणी पत्रकारिता स्मृति पत्रकारिता पुरस्कार पत्रकार युवराज श्रेष्ठ, ज्ञानज्योति–लक्ष्मीप्रभा स्मृति पत्रकारिता पुरस्कार विश्वन्तर शाक्य, बाबुराजा ज्यापू फोटो पत्रकारिता पुरस्कार फोटोपत्रकार बुद्धशरण शाहीलाई प्रदान गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.