भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

ठोरी नाका खुलाउन महानगरले थाल्याे पहल

ठोरी नाका खुलाउन महानगरले थाल्याे पहल

चितवन । भरतपुर महानगरपालिकाले ठोरी नाका खुलाउन पहल सुरु गरेको छ । वसन्तपुर युथ क्लबद्वारा आयोजित ‘माडी क्रिकेट कप २०८०’ को समापन समारोहलाई सम्बोधन गर्दै महानगर प्रमुख रेनु दाहालले नाका खुलाउन पत्राचार गरेको र छिट्टै ठोरी नाका खुला हुने बताइन् ।

भरतपुर भ्रमणमा आएका पर्यटकहरुलाई माडी पनि घुमाउने योजना रहेको भन्दै उनले माडीको विकासका लागि आफूले सबैसँग हातेमालो गरिरहेको बताइन् । प्रमुख दाहालले पर्यटन र कृषि क्षेत्रमा माडीको राम्रो भविष्य रहेको सुनाइन् । रीउ करिडोरलाई माडीको दीर्घकालीन योजनाको रुपमा अगाडि बढाउन सघाउने उनको प्रतिबद्धता थियो ।

प्रमुख दाहालले निकुञ्जभित्र सडक निर्माण प्रक्रियाका कागजातहरु वन र भौतिक पूर्वाधार हुँदै अर्थ मन्त्रालयमा पुगेको जानकारी पनि दिइन् । निकुञ्जभित्र वातावरणीय प्रभाव मूल्यांकन–ईआईए र डीपीआरका लागि आवश्यक कागजात वन मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालय हुँदै अर्थ मन्त्रालयमा पुगेको उनको भनाइ छ । अब मन्त्रिपरिषद्ले निर्णय गरेपछि काम अगाडि बढ्ने बताइन् ।

 


Thali Mobile Pvt.Ltd.