भर्खरै : Sorry, your browser does not support inline SVG.
संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान |

ठोरी नाका खुलाउन महानगरले थाल्याे पहल

ठोरी नाका खुलाउन महानगरले थाल्याे पहल

चितवन । भरतपुर महानगरपालिकाले ठोरी नाका खुलाउन पहल सुरु गरेको छ । वसन्तपुर युथ क्लबद्वारा आयोजित ‘माडी क्रिकेट कप २०८०’ को समापन समारोहलाई सम्बोधन गर्दै महानगर प्रमुख रेनु दाहालले नाका खुलाउन पत्राचार गरेको र छिट्टै ठोरी नाका खुला हुने बताइन् ।

भरतपुर भ्रमणमा आएका पर्यटकहरुलाई माडी पनि घुमाउने योजना रहेको भन्दै उनले माडीको विकासका लागि आफूले सबैसँग हातेमालो गरिरहेको बताइन् । प्रमुख दाहालले पर्यटन र कृषि क्षेत्रमा माडीको राम्रो भविष्य रहेको सुनाइन् । रीउ करिडोरलाई माडीको दीर्घकालीन योजनाको रुपमा अगाडि बढाउन सघाउने उनको प्रतिबद्धता थियो ।

प्रमुख दाहालले निकुञ्जभित्र सडक निर्माण प्रक्रियाका कागजातहरु वन र भौतिक पूर्वाधार हुँदै अर्थ मन्त्रालयमा पुगेको जानकारी पनि दिइन् । निकुञ्जभित्र वातावरणीय प्रभाव मूल्यांकन–ईआईए र डीपीआरका लागि आवश्यक कागजात वन मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालय हुँदै अर्थ मन्त्रालयमा पुगेको उनको भनाइ छ । अब मन्त्रिपरिषद्ले निर्णय गरेपछि काम अगाडि बढ्ने बताइन् ।

 


Thali Mobile Pvt.Ltd.