भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

कबाडी हटाउने कार्य तत्काल नगर्न उच्च अदालतकाे अल्पकालीन अन्तरिम आदेश

कबाडी हटाउने कार्य तत्काल नगर्न उच्च अदालतकाे अल्पकालीन अन्तरिम आदेश

काठमाडौँ, ५ भाद्र । उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिका–५ लाई वडाभित्र रहेको कबाडी हटाउने कार्य तत्काल नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।रञ्जु देवीले दायर गरेको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश सूर्यप्रसाद पराजुलीको एकल इजलासले आदेश जारी गरेको हो।

निवेदकले काठमाडौँ महानगरपालिका वडा नम्बर ५ ले गत असार २३ गते ७ दिनभित्र कबाडी हटाउन पत्र पठाएको उल्लेख गर्दै त्यसलाई रोक्न माग गरेकी थिइन्।

अदालतले आदेशमा भन्यो:
‘यसमा, के कसो भएको हो? निवेदकको माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो? माग बमोजिमको आदेश जारी हुनु नपर्ने कुनै आधार, कारण र प्रमाण भए सबुद प्रमाणसहित म्याद सूचना तामेल भएका मितिले बाटाका म्याद बाहेक १५ दिनभित्र विपक्षीको हकमा आफैँ वा आफ्नो कानुन बमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्नुहोला भनी आदेश र निवेदनको प्रतिलिपि समेत साथै राखी विपक्षीका नाममा म्याद सूचना जारी गरी रितपूर्वक तामेल गराई लिखित जवाफ परे वा अवधि व्यतीत भएपछि नियमानुसार पेस गर्नुहोला।’

 


Thali Mobile Pvt.Ltd.