भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

म्याग्नेटिक पार्टिकल इन्स्पेक्सनसहित नेपाल वायुसेवाको मर्मतशाला आधुनिक बनेको घोषणा

म्याग्नेटिक पार्टिकल इन्स्पेक्सनसहित नेपाल वायुसेवाको मर्मतशाला आधुनिक बनेको घोषणा

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले आफ्नो इन्जिनियरिङ तथा मर्मत सम्भार सेवालाई विस्तार गर्दै नयाँ अत्याधुनिक प्रविधि सञ्चालनमा ल्याएको छ। निगमले बिहीबारदेखि ‘म्याग्नेटिक पार्टिकल इन्स्पेक्सन’ सेवा सुरु गरेको हो।

यो प्रविधि एक प्रकारको ‘नन–डिस्ट्रक्टिभ टेस्ट’ हो। निगमको दाबी अनुसार, यस प्रविधि सञ्चालनमा आएपछि परीक्षणका लागि बाह्य कम्पनीमा पठाउँदा लाग्ने खर्च बचत हुनेछ। साथै निगमले यो सेवा अन्य वायुसेवा कम्पनीहरूलाई उपलब्ध गराएर अतिरिक्त आम्दानी गर्ने लक्ष्य लिएको छ। नयाँ सेवासँगै निगम जहाजका ह्विल तथा ब्रेक युनिटको मर्मतमा प्रयोग हुने तीन एनडीटी प्रविधिमा आत्मनिर्भर बनेको छ।

अब निगमको मर्मतशालामै ‘एडी करेन्ट इन्स्पेक्सन’, ‘फ्लोरोसेन्ट पेनिट्रान्ट इन्स्पेक्सन’ र ‘म्याग्नेटिक पार्टिकल इन्स्पेक्सन’ सम्बन्धी सम्पूर्ण काम गर्न सक्ने क्षमता विकास भएको छ। निगमले यसअघि नै ह्विल तथा ब्रेक युनिट मर्मतका लागि आफ्नै ‘नाइट्रोजन प्लान्ट’ स्थापना गरी सञ्चालनमा ल्याइसकेको छ। भविष्यमा अक्सिजन प्लान्ट स्थापना, क्याबिन शप र इलेक्ट्रीकल शपको कार्यक्षेत्र विस्तार तथा रेडियो शप पुनः सञ्चालन गर्ने योजना अघि सारिएको छ।

निगमले यात्रुहरूको हवाई सुरक्षा उच्च प्राथमिकतामा राख्दै ‘सीएए नेपाल’ र अन्तर्राष्ट्रिय सुरक्षा तथा गुणस्तर मापदण्डको पूर्ण पालना गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

 


Thali Mobile Pvt.Ltd.