भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

काँकडभिट्टाबाट १८ अर्बको इन्धन आयात, राजस्व संकलनमा ५.७० प्रतिशत वृद्धि

काँकडभिट्टाबाट १८ अर्बको इन्धन आयात, राजस्व संकलनमा ५.७० प्रतिशत वृद्धि

काठमाडाैं, १० असार । चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा झापास्थित काँकडभिट्टा नाका हुँदै १८ अर्ब ४ करोड ६० लाख रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात गरिएको छ।

मेची भन्सार कार्यालयका अनुसार उक्त अवधिमा पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ (एभिएसन टरबाइन फ्युल) र मट्टितेल जस्ता पेट्रोलियम पदार्थ भारतबाट भित्र्याइएको हो।

गत वर्षको तुलनामा यसवर्ष पेट्रोलियम पदार्थको आयातमा ५.६० प्रतिशतले गिरावट आएको कार्यालयले जनाएकाे छ । यद्यपि, आयात घटे पनि त्यसबाट संकलित राजस्व भने ५.७० प्रतिशतले वृद्धि भई ८ अर्ब ७८ करोड २७ लाख ७२ हजार रुपैयाँ पुगेको छ।

भन्सार तथ्याङ्क अनुसार:

  • पेट्रोल: ९३ हजार ८२४ किलोलिटर आयात, मूल्य ८ अर्ब ११ करोड ५९ लाख

  • डिजेल: ६८ हजार ८२० किलोलिटर आयात, मूल्य ६ अर्ब २६ करोड ७१ लाख

  • एलपी ग्यास: २३ हजार ४३८ मेट्रिक टन, मूल्य २ अर्ब ५९ करोड

  • एटीएफ: ६ हजार ७०८ किलोलिटर, मूल्य ६१ करोड २० लाख

  • मट्टितेल: २ हजार ५२० किलोलिटर, मूल्य २२ करोड ७१ लाख

 पेट्रोलियम पदार्थको परिमाणमा केही कमी आए पनि मूल्यवृद्धिका कारण राजस्व संकलन भने बढेको भन्सार कार्यालयले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.