भर्खरै : Sorry, your browser does not support inline SVG.

धान उत्पादनमा आत्मनिर्भरता लक्ष्य : किसानलाई प्रोत्साहन र संरचना विकास अपरिहार्य

धान उत्पादनमा आत्मनिर्भरता लक्ष्य : किसानलाई प्रोत्साहन र संरचना विकास अपरिहार्य

काठमाडाैं । नेपालले मुख्य खाद्य बाली धानमा आत्मनिर्भर बन्ने लक्ष्य लिएको छ। मनसुन अघि नै रोपाइँ सुरु भएकाले यस वर्ष धान उत्पादन बढ्ने अनुमान गरिएको छ। हाल प्रति हेक्टर ४ टनभन्दा बढी उत्पादन हुने भए पनि अन्य देशहरूसँग तुलना गर्दा यो सन्तोषजनक छैन।

नेपालमा करिब १५ लाख हेक्टरमा धान खेती गर्दै आएको छ। तर, वार्षिक ६५–७० लाख मेट्रिक टन धानको आवश्यकता भए पनि करिब १० लाख मेट्रिक टन धान र ६ लाख मेट्रिक टन चामल आयात गर्नुपर्ने अवस्था छ। चालु आर्थिक वर्षको ११ महिनामै ३७ अर्बभन्दा बढीको धान-चामल आयात भइसकेको छ।

हाइब्रिड जातले परम्परागत जात विस्थापित गरिरहेका छन्। सरकारको धान प्रवर्धन कार्यक्रम, गुणस्तरीय बिउ, सिँचाइ, मलखादको व्यवस्था तथा न्यूनतम् समर्थन मूल्य निर्धारण प्रभावकारी रूपमा कार्यान्वयन भएमा आत्मनिर्भरता सम्भव हुने विज्ञहरूको सुझाव छ।

आर्थिक वर्ष २०८२/८३ भित्र चामलमा आत्मनिर्भर बन्ने लक्ष्यका साथ सरकारले २२ जिल्लामा चैते धान प्रवर्धन कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। किसानलाई प्रविधिमा पहुँच र उत्पादन लागत घटाइ प्रोत्साहन गर्नुपर्ने आवश्यकता छ।

 


Thali Mobile Pvt.Ltd.