भर्खरै : Sorry, your browser does not support inline SVG.
चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली |

नुवाकोटको ककनीमा खोलाले बगाएर महिला बेपत्ता, डोल्पामा १५ घरमा क्षति

नुवाकोटको ककनीमा खोलाले बगाएर महिला बेपत्ता, डोल्पामा १५ घरमा क्षति

काठमाडौँ, १३ असार । नुवाकोट जिल्लाको ककनी गाउँपालिका–१, भसिबुमा परेको बाढीले एक महिला बेपत्ता भएकी छिन्। बिमचना खोलामा आएको बाढीले बगाउँदा स्थानीय ३२ वर्षीया कमला बलामी बेपत्ता भएकी हुन्।

उहाँको खोजी कार्य जारी रहेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो। सोही स्थानमा पहिरोले तीनवटा गोठ बगाएको छ भने अशोक बलामी घाइते भएका छन्। उनलाई उद्धार गरी काठमाडौँ उपचारका लागि लगिएको सशस्त्र प्रहरीले जनाएको छ।

यसैबीच, डोल्पा जिल्लाको काईके गाउँपालिका–४ रिवामा गएको पहिरोले १५ वटा घरमा पूर्ण क्षति पुर्‍याएको छ।उक्त घटनामा तीन जना स्थानीय घाइते भएका छन् भने उनीहरूको अवस्था सामान्य रहेको सशस्त्र प्रहरीको प्रारम्भिक विवरणमा उल्लेख गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.