भर्खरै : Sorry, your browser does not support inline SVG.
पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली | दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो | भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित |

इरानबाट ९ जना नेपाली स्वदेश फर्किए, ५ जना अझै कारागारमा

इरानबाट ९ जना नेपाली स्वदेश फर्किए, ५ जना अझै कारागारमा

काठमाडौँ, १३ असार । इरानमा रहेका नेपाली नागरिकमध्ये ९ जना स्वदेश फर्किएका छन्। भारतीय दूतावास तेहरानको सहयोगमा उनीहरू नेपाल फर्किएका हुन्।

परराष्ट्र मन्त्रालयका अनुसार इरानस्थित १६ जना नेपालीमध्ये अहिले सम्म नौ जना स्वदेश फर्किसकेका हुन्। शुरुवातमा ११ जनालाई फर्काउने योजना रहे पनि एक जनाको कागजात नपुगेको र अर्कोको व्यक्तिगत कारणले इरानमै रोकिएको मन्त्रालयले जनाएको छ।

बाँकी पाँच जना नेपाली भने विभिन्न कानुनी मुद्दाका कारण इरानको कारागारमा रहेका छन्। उनीहरूलाई नेपाली दूतावास, दोहाको सहकार्यमा स्वदेश फर्काउन पहल भइरहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

यता, मन्त्रालयका अनुसार इरान र इजरायलबीच युद्धविराम भइसकेकाले ती क्षेत्रहरूमा रहेका नेपालीहरू सुरक्षित रहेको उल्लेख गरिएको छ। हाल इजरायलमा करिब ७,००० नेपाली रहेको अनुमान छ।

 


Thali Mobile Pvt.Ltd.