भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

कालीगण्डकीको बहाव यस वर्षकै उच्च विन्दुमा, शालिग्राम शिला डुबानमा

कालीगण्डकीको बहाव यस वर्षकै उच्च विन्दुमा, शालिग्राम शिला डुबानमा

पर्वत, १८ साउन । लगातारको वर्षाका कारण कालीगण्डकी नदीको बहाव यस वर्षकै उच्च विन्दुमा पुगेको छ । मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतमा परेको अत्यधिक वर्षाले नदीको सतह बढाएको हो । आज बिहान नदीमा पानीको बहाव ६ मिटर ४० सेन्टिमिटरसम्म पुगेको गेज रिडर कृष्णप्रसाद सुवेदीले जानकारी दिएका छन् । उनका अनुसार, “यो यस वर्षकै सबैभन्दा उच्च मापन हो । बिहान ७ बजेतिर नदीको सतह ७.४० मिटर पुगेको थियो, यद्यपि अहिले वर्षा थामिएकाले बहाव घट्दै जान सक्ने अनुमान छ ।”

नदीको सतह बढेपछि पर्वत जिल्लाको जलजला गाउँपालिकास्थित बगरफाँट, वारीबेनी, मिलनचोक, लस्ती, खनियाँघाट, कुश्मा नगरपालिका क्षेत्रका मालढुङ्गा, नयाँपुल, मोदीवेणी, फलेवास नगरपालिका अन्तर्गत जैमिनीघाट र विहादी गाउँपालिकाको सेतीवेणीबजार उच्च जोखिममा परेका छन् । बहाव बढेसँगै पर्वत, स्याङ्जा र गुल्मीको सिमानामा अवस्थित विश्वकै ठूलो शालिग्राम शिला डुबानमा परेको छ। शिला क्षेत्रमा रहेका पूजारी र पण्डित चिन्तित बनेका छन् ।

शिला संरक्षणका लागि बनाइएको तटबन्ध र ग्याबियन समेत पानीले पुरिँदा शिलामा दर्शन गर्न जाने पूर्वाधार पूर्ण रूपमा क्षति पुगेको स्थानीय तिलक पराजुलीले बताए । “प्रवित्र शालिग्राम शिलासहित सत्तल क्षेत्र पनि डुबानमा परेको छ,” उनले भने । कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाको बाँधका ढोका खोलिएका छन्, तर बाढी आउँदा सेतीवेणीबजार र आसपासका क्षेत्र अझै जोखिममा छन्। सेती र कालीगण्डकी दुवैको बहाव बढेकाले करिब २ सय व्यापारी र सर्वसाधारण प्रभावित हुनसक्ने अनुमान गरिएको छ ।

स्थानीय व्यापारी विष्णु न्यौपानेले १६ वर्षअघि (वि.सं. २०६६ असोज २१) कालीगण्डकी र सेतीखोलाले बजार डुबाएको स्मरण गर्दै भने, “त्यस घटनापछिका प्रत्येक बाढीमा हामी त्रासमा बाँचिरहेका छौं । अहिले पनि शिला डुबेको छ, बजार भने अझै बचेको छ ।”

 


Thali Mobile Pvt.Ltd.