भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

दुई संसदीय समितिको बैठक बस्दै, भूमिसम्बन्धी विधेयक र पुरातात्विक सम्पदा छलफल हुने

दुई संसदीय समितिको बैठक बस्दै, भूमिसम्बन्धी विधेयक र पुरातात्विक सम्पदा छलफल हुने

काठमाडौं, १८ साउन । संघीय संसदका दुई स्थायी समितिहरूको बैठक आज आइतबार बस्दैछ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले आज छुट्टाछुट्टै बैठकमार्फत महत्त्वपूर्ण विषयमा छलफल गर्न लागेका हुन् ।

कृषि समितिले “केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८२” सम्बन्धमा सरोकारवालासँग परामर्श गर्ने कार्यसूची तय गरेको छ । छलफलमा भूमिहीन सुकुम्बासी, दलित र अव्यवस्थित बसोबासीका लागि जग्गा व्यवस्थापनबारे मन्त्रालयसँग आवश्यक विवरण लिने तयारी छ । मन्त्रालयले हालसम्म वितरण गरेका जग्गाको विवरण तथा आगामी वितरण योजनाबारे समितिलाई जानकारी दिनेछ ।

त्यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले आजको बैठकमा पुरातत्व विभागसँग ग्यालरी बैठकको पुरातात्विक सम्पदाको अवस्थाबारे छलफल गर्नेछ । बैठकमा महालक्ष्मीस्थान मन्दिर क्षेत्रमा निर्माण गरिएको व्यायामशालाको वैधानिकता, स्वयम्भू क्षेत्रको जग्गा व्यक्तिका नाममा दर्ता भएको विषय, ग्यालरी बैठकको पुनर्निर्माणको प्रगति, र निर्माणाधीन संघीय संसद् भवनको वर्तमान स्थितिबारे पनि बहस गरिनेछ ।

यी विषयमा सम्बन्धित मन्त्रालय र विभागका अधिकारीहरूलाई समितिमा बोलाइ आवश्यक स्पष्टीकरण लिइने जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.