भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

कञ्चनपुरमा छाउ गोठमा सुत्ने क्रममा सर्पदंशबाट महिलाको मृत्यु

कञ्चनपुरमा छाउ गोठमा सुत्ने क्रममा सर्पदंशबाट महिलाको मृत्यु

कञ्चनपुर,  २९ असार । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीमा छाउपडी गोठमा सुतिरहेकी एक महिलाको सर्पदंशबाट ज्यान गएको छ।

२८ वर्षीया कमला दमाईलाई गएराति करिब ८ बजेको समयमा करेत जातको विषालु सर्पले टोकेको थियो। उपचारका लागि कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पताल लगिए पनि उपचारकै क्रममा उनको मृत्यु भएको हो।

स्थानीय सुचित्र सिंहका अनुसार कमला छिमेकीको घरछेउको छाउ गोठमा सुत्न गएकी थिइन्। दुई महिनाअघि मात्र भारतबाट घर फर्किएकी कमला पक्की घर भए तापनि अन्धविश्वास र सामाजिक परम्पराका कारण छाउपडी गोठमा बस्न बाध्य भएकी थिइन्।

यो घटना छाउपडी प्रथाका कारण हुने जोखिम र महिला हिंसाको गम्भीर उदाहरण भएको भन्दै स्थानीय समाजसेवीहरूले यसको अन्त्यका लागि आवाज उठाएका छन्।

 


Thali Mobile Pvt.Ltd.