भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

ट्रम्पको घोषणा : युरोपेली सङ्घ र मेक्सिकोलाई ३० प्रतिशत कर लगाइने

ट्रम्पको घोषणा : युरोपेली सङ्घ र मेक्सिकोलाई ३० प्रतिशत कर लगाइने

वासिङ्टन, २९ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली सङ्घ (EU) र मेक्सिकोलाई लक्षित गर्दै आगामी अगस्ट १ देखि ३० प्रतिशत आयात कर लगाइने घोषणा गरेका छन्। ट्रम्पको यो घोषणाले ट्रान्सएटलान्टिक व्यापार सम्बन्धमा नयाँ तनाव सिर्जना गरेको छ।

जर्मनीको प्रमुख उद्योग निकाय जर्मन इन्डस्ट्रिज फेडेरेसन (BDI) ले शनिवार विज्ञप्ति जारी गर्दै वासिङ्टन र युरोपेली सङ्घलाई तीव्र रुपमा समाधान खोज्न आग्रह गरेको छ। विज्ञप्तिमा ट्रम्पको घोषणा दुवै पक्षका उद्योगहरूका लागि चेतावनी सरह रहेको उल्लेख गरिएको छ।

बीडीआईका वरिष्ठ अधिकारी वुल्फगांग निडरमार्कले अमेरिकासँगको व्यापारिक तनावले आर्थिक पुनरुत्थान, नवप्रवर्तन र अन्तर्राष्ट्रिय सहकार्यप्रति विश्वासमा गम्भीर आघात पुग्ने बताएका छन्।

बीडीआईले जर्मन सरकार, युरोपेली आयोग र अमेरिकी प्रशासनबीच तात्कालिक संवाद र सहमति आवश्यक भएकोमा जोड दिएको छ। उल्लेखनीय छ, अमेरिका जर्मनीको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो।

ट्रम्पले यसअघि नै २० भन्दा बढी साझेदार राष्ट्रहरूलाई पत्र पठाउँदै नयाँ कर नीति सम्बन्धी चेतावनी दिइसकेका छन्। उनले युरोपेली सङ्घसँगको व्यापार घाटा न्यूनीकरण गर्न नयाँ कर नीति अवलम्बन गरिने संकेत दिएका छन्।

 


Thali Mobile Pvt.Ltd.