भर्खरै : Sorry, your browser does not support inline SVG.
उपचार खर्च फिर्ता प्रकरणमा सचिवालय बैठकमै ओलीलाई प्रश्न, तर आएन जवाफ | संसदमै आर्यन राईको प्रश्न- ‘जीवी राई कहिले पक्राउ पर्छन् ?’ | इरान सम्झौतामा ट्रम्पको कडा सन्देश, ‘हतार छैन, समय अमेरिकाकै पक्षमा’ | कर्णालीमा बढ्दै महिला अटोचालकको संख्या, आत्मनिर्भरतर्फ महिलाको नयाँ यात्रा | डीएनएसम्बन्धी छुट्टै कानुन बनाउन विज्ञहरूको दबाब, जनशक्ति अभावप्रति चिन्ता | ६ सांसदले अझै बुझाएनन् सम्पत्ति विवरण, रास्वपाका ५ सांसद सूचीमा | प्रधानमन्त्री बालेनसँग इयूका राजदूत र मिसन प्रमुखको भेट, द्विपक्षीय सहकार्यबारे छलफल | अलपत्र सेती नदीको पुल निर्माणले लियो गति, ८५ प्रतिशत काम सकिँदै |

विकास र समृद्धिमा पर्यटन क्षेत्रको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री कार्की

विकास र समृद्धिमा पर्यटन क्षेत्रको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपालको विकास र समृद्धिमा पर्यटन क्षेत्रको महत्त्वपूर्ण भूमिका रहने बताएका छन् ।कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र प्रदेश प्रहरी कार्यालय रानी विराटनगरद्वारा संयुक्त रूपमा आयोजित ‘कोशी प्रदेश पर्यटन वर्ष–२०८२, सुरक्षा जाँच स्टिकर शुभारम्भ’ गर्दै शुक्रबार उनले अतिथिलाई सम्मान गर्नु नेपालीको संस्कार रहेको बताए ।

भ्रमणमा आउने पर्यटकलाई कुनै असुविधा नहोस् भन्ने हेतुले सुरक्षा स्टिकरको प्रबन्ध गरेको जानकारी उनले दिए ।उनले स्थलमार्ग प्रयोग गरेर कोशी प्रदेश प्रवेश गर्ने यात्रुहरूको सवारीलाई नाकामै आवश्यक जाँच गरी स्टिकर लगाउने प्रबन्धले पर्यटकले अनावश्यक झमेला व्यहोर्नु नपर्ने र यसबाट पर्यटकमा उत्साह आउनुका साथै पर्यटकलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।

मुख्यमन्त्री कार्कीले राष्ट्रिय पुँजी निर्माणमा पर्यटन क्षेत्रको महत्त्वपूर्ण भूमिका रहने भएकाले राष्ट्रिय आय वृद्धि हुने उल्लेख गरे ।पर्यटन वर्ष २०८२ आधार वर्ष भएकाले यही वर्षमा पर्यटन भित्र्याउने योजना, नीति तथा पूर्वाधार निर्माण गर्ने योजना रहेको मुख्यमन्त्री कार्कीको भनाइ छ । प्रदेश सरकार आफ्ना काम, कर्तव्य र अधिकारप्रति सचेत रहेको उनले बताए ।आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले पर्यटकलाई नेपाल सहज वातावरण सृजना गर्न यो प्रक्रिया अपनाएको बताए ।

पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले पर्यटन वर्ष २०८२ हाम्रा लागि सुवर्ण अवसर रहेको धारणा व्यक्त गरे ।कार्यक्रममा कोशी प्रदेशका तीनवटै सुरक्षा निकायका प्रमुख, कोशी प्रदेशका प्रमुख सचिव केदारनाथ शर्मा, आन्तरिक मामिला तथा कानुन सचिव रामप्रसाद आचार्य र सञ्चारकर्मीको सहभागिता थियो ।रासस

 


Thali Mobile Pvt.Ltd.