भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

विपन्न परिवारलाई कानेपोखरी गाउँपालिकाले दियो पक्की घर उपहार

विपन्न परिवारलाई कानेपोखरी गाउँपालिकाले दियो पक्की घर उपहार

विराटनगर, १५ भदौ । कानेपोखरी गाउँपालिका–३ कोलटोलकी दागे चौधरीले जीवनभर मजदुरी गरेर गुजारा चलाइन् । तर आफ्नै पक्की घर बनाउन सकिनन् । परालले छाएको सानो छाप्रोमै उनी वर्षौंदेखि बस्दै आएकी थिइन् । अहिले भने गाउँपालिकाले घर बनाएर दिएको छ र उनी नयाँ पक्की घरमा बस्न पाएकी छिन् ।

फूलमति चौधरी र गोदला ऋषीदेव पनि मजदुरी गर्दै जीवन बिताउनेमध्ये परे । उनीहरूलाई पनि गाउँपालिकाले भुइँ ढलाइ र टिनको छाना भएको दुई कोठे घर हस्तान्त्रण गरेको छ । कानेपोखरी गाउँपालिकाले हालसम्म १२२ अतिविपन्न परिवारलाई पक्की घर उपलब्ध गराइसकेको छ । शनिबार मात्रै वडा नम्बर १ को झर्नाघुट्टुमा ११ र वडा नम्बर ३ को कोलटोलमा ३० गरी ४१ घर हस्तान्त्रण गरिएको थियो ।

घर निर्माण सहारा नेपाल र हेवीटाट फर ह्युमानिटी नेपालको सहकार्यमा भएको हो । प्रत्येक घरमा भान्सा र शौचालयसहित दुई कोठा छन् । घर निर्माणमा प्रशोधित बाँस प्रयोग गरिएको छ भने लागत करिब ५ लाख ५६ हजार रुपैयाँ पर्छ । ४१ घर बनाउन करिब २ करोड २८ लाख रुपैयाँ खर्च भएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष राजमति इङनामले आफ्नो कार्यकालमा १२२ घर हस्तान्त्रण गरिसकेको बताइन् । उनका अनुसार वडा नं. १ मा ३०, वडा नं. ३ मा ६० र वडा नं. ४ मा १७ घर बनेका छन् । प्रदेश सरकारसँगको सहकार्यमा ३४ घर बनेका हुन् भने थप ५० घर निर्माण प्रक्रिया सुरु भएको छ । अध्यक्ष इङनामका अनुसार, उपाध्यक्ष हुँदा सडक अनुगमनका क्रममा स्थानीयले “घर नभएर खुसी छैनौं” भनेपछि आवास निर्माणलाई प्राथमिकतामा राखिएको हो । “सडक मात्रै भएर हुँदैन, विपन्नलाई घर पनि चाहिन्छ भन्ने सोचले यो अभियान सुरु गरेका हौं,” उनले भनिन् ।

पक्की घर पाएका विपन्न परिवारले वर्षौंको दुःखपछि आफ्नो घरमा बस्न पाउँदा खुसी व्यक्त गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.