भर्खरै : Sorry, your browser does not support inline SVG.
मन्त्रालय घटेपछि २३ सचिवको जिम्मेवारी हेरफेर र सरुवा | एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु | बाढी-पहिरोले देशभरका प्रमुख राजमार्ग अवरुद्ध, काठमाडौँ-कोशी-बागमतीका सडक ठप्प | ‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन | बागमती प्रदेशमा ७०१ दरबन्दी कटौतीको तयारी, प्रशासनिक पुनर्संरचना अन्तिम चरणमा | औद्योगिक क्षेत्रका उद्योगलाई ७ दिनभित्र बक्यौता तिर्न निर्देशन, नतिरे कारबाहीको चेतावनी | प्रदेश र पालिकामा ४ खर्ब २४ अर्ब बजेट, मधेश र कर्णालीलाई सबैभन्दा बढी अनुदान | डिजिटल माध्यमबाट साना तथा मझौला व्यवसायीले १० लाख रुपैयाँसम्म कर्जा पाउने |

इजरायली आक्रमणमा यमनका प्रधानमन्त्री मारिएको हुथी विद्रोहीको दाबी

इजरायली आक्रमणमा यमनका प्रधानमन्त्री मारिएको हुथी विद्रोहीको दाबी

काठमाडौं, १५ भदौ । इजरायली आक्रमणमा परी यमनका प्रधानमन्त्री अहमद गालिब अल-रहावी मारिएको यमनका हुथी विद्रोहीहरूले दाबी गरेका छन् । हुथीहरूको भनाइमा, गाजा युद्ध सुरु भएपछि यो उनीहरूको सबैभन्दा ठूलो क्षति हो । यस अवधिमा वरिष्ठ अधिकारीको मृत्यु भएको पहिलो घटना भएको उनीहरूको दाबी छ ।

समाचार एजेन्सी रोयटर्सले हुथी विद्रोहीहरूको समाचार एजेन्सीलाई उद्धृत गर्दै यमनी प्रधानमन्त्री मारिएको उल्लेख गरे पनि यो दाबीलाई स्वतन्त्रतापूर्वक पुष्टि गर्न नसकिएको बीबीसीले जनाएको छ । शनिबार हुथी विद्रोही समूहको सुप्रीम पोलिटिकल काउन्सिलका प्रमुख महदी अल-मशातले यमनी प्रधानमन्त्रीको मृत्यु भएको घोषणा गरेका थिए । बिहीबार राजधानी साना भएको आक्रमणबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन । तर आक्रमणमा अन्य केही व्यक्ति घाइते भएको बताइएको छ । एएफपीका अनुसार, अल-रहावीलाई अन्तिम पटक बुधबार सानामा एक सार्वजनिक कार्यक्रममा देखिएको थियो ।

हुथी विद्रोहीहरूले जारी गरेको वक्तव्यमा भनिएको छ, “हामी योद्धा अहमद गालिब नासिर अल-रहावीको मृत्युको घोषणा गर्छौं । उनका धेरै सहयोगीहरूसहित उनी मारिएका छन् । उनलाई इजरायलले निशाना बनाएको हो ।” वक्तव्यमा आक्रमणमा घाइते भएका केही सहयोगीहरू अहिले अस्पतालमा उपचाररत रहेको उल्लेख छ । यसअघि इजरायलले सानामा इरान समर्थित हुथी समूहका रक्षा मन्त्री, चीफ अफ स्टाफ र अन्य उच्च अधिकारीहरूलाई लक्षित गरेको बताएको थियो । तर रक्षा मन्त्री मारिएको बारेमा भने प्रष्ट जानकारी आएको छैन ।

अहमद अल-रहावी करिब एक वर्षअघि प्रधानमन्त्री बनेका थिए । तर सरकार सञ्चालनको मुख्य जिम्मेवारी उनका उप–प्रधानमन्त्री मोहम्मद मुफ्ताहले सम्हालिरहेका थिए ।

शनिबारदेखि मुफ्ताहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ ।

 


Thali Mobile Pvt.Ltd.