भर्खरै : Sorry, your browser does not support inline SVG.
३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो | अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक | मानव अधिकार आयोगको प्रतिवेदन पुनरावलोकन गर्न ओलीको माग, निर्णय सच्याउन निवेदन | ‘कर हटाउने होइन, विकल्प पनि देखाउनुस्’ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले |

१४ वर्षदेखि अलपत्र कन्काई पुल निर्माण, पप्पु – महादेवखिम्ती जेभीको ठेक्का रद्द

१४ वर्षदेखि अलपत्र कन्काई पुल निर्माण, पप्पु – महादेवखिम्ती जेभीको ठेक्का रद्द

काठमाडाैं, ११ मंसिर । झापा गाउँपालिका – २ र गौरीगञ्ज गाउँपालिका – १ जोड्ने ७२३ मिटर लामो कन्काई पुल निर्माणको ठेक्का १४ वर्षपछि रद्द गरिएको छ । हुलाकी राजमार्गअन्तर्गत पर्ने यो महत्वपूर्ण पुल २०६८ सालदेखि अलपत्र थियो । 

योजना कार्यालय इटहरीले निर्माणका लागि जिम्मेवारी पाएका पप्पु – महादेवखिम्ती संयुक्त उपक्रम (जेभी) को ठेक्का सार्वजनिक खरिद ऐनअनुसार बिहीबार रद्द गरिएको सार्वजनिक सूचना जारी गरेको छ । निर्माण व्यवसायीले दिएको स्पष्टीकरण चित्तबुझ्दो नदेखिएको कारण ठेक्का रद्द गरिएको कार्यालय प्रमुख युवराज पोखरेलले बताए ।

पुल निर्माण २०७२ जेठभित्र सम्पन्न गर्ने सम्झौता भए पनि पाँचपटक म्याद थप्दा पनि मात्र ५६% प्रगति भएको छ । कुल ३४ करोड ९ लाख रुपैयाँ लागत रहेको परियोजनामा व्यवसायीको १ करोड ७१ लाख रुपैयाँ जफत हुनेछ । यसअघि भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले कन्काई पुल स्थल निरीक्षण गर्दै “ठेक्का लिएर काम नगर्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ” भन्दै रुग्ण ठेक्का तोड्न निर्देशन दिएका थिए ।

पुलका १९ स्पानमध्ये ८ पूरा, २ मा गर्डर हालिएको, ६ मा जग खनिएको र ३ स्पानको जग हाल्न बाँकी रहेको छ । पुल नबन्दा स्थानीयले अझै पनि जोखिमपूर्ण बाँसको अस्थायी पुल प्रयोग गर्न बाध्य छन् ।

 

 


Thali Mobile Pvt.Ltd.