भर्खरै : Sorry, your browser does not support inline SVG.
काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | ब्रोड पिकमा शव उद्धार प्रयास जारी, क्याम्प–१ हुँदै जापानी क्याम्पबाट हेलिकोप्टर उद्धारको योजना | सरकारको पाक्षिक तलब योजना कार्यान्वयनमै रोकियो, पहिलो महिनामै कर्मचारी निराश | सेउटामा आप्रवासी सङ्कटपछि ईयूको आपतकालीन बैठक, स्पेन–मोरक्को सीमा संकटबारे छलफल | अमेरिका जान नेपालीले अब ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने, नयाँ ‘भिसा बन्ड’ नियम लागू | बूढानीलकण्ठमा प्रहरीको गोली प्रहारपछि कर्मा तामाङ पक्राउ, खुकुरीसहित प्रहरीमाथि आक्रमणको प्रयास | १३ बुँदे सहमतिपछि गृहमन्त्री गुरुङको अपिल : अब द्वन्द्व होइन, मेलमिलाप चाहिन्छ | भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणको भर्त्सना, दोषीमाथि कडा कारबाही गर्न चिकित्सक सङ्घको माग |

कान्ति लोकपथमा राति गाडी सञ्चालन बन्द, मनसुन जोखिमका कारण प्रशासनको निर्णय

कान्ति लोकपथमा राति गाडी सञ्चालन बन्द, मनसुन जोखिमका कारण प्रशासनको निर्णय

काठमाडौं, १९ असार । मनसुन सक्रिय भएसँगै विपद्को जोखिम बढेपछि कान्ति लोकपथमा रातिको समयमा सवारीसाधन सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाइएको छ।

जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार कान्ति लोकपथ हुँदै मकवानपुर–सिन्धुली आवतजावत गर्ने सार्वजनिक, निजी तथा यात्रुवाहक सवारीसाधन अर्को सूचना जारी नभएसम्म हरेक दिन बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न नपाइने व्यवस्था लागू गरिएको हो।

ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा ढुंगेल खनालले वर्षायाममा पहिरो जाने, ढुङ्गा खस्ने तथा सडक अवरुद्ध हुने सम्भावना उच्च रहने भएकाले यात्रु र सवारीसाधनको सुरक्षालाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको जानकारी दिइन्।

उनका अनुसार विगतका वर्षहरूमा पनि वर्षायामका बेला कान्ति लोकपथमा प्राकृतिक विपद्का कारण जनधनको क्षति हुने घटना दोहोरिएकाले यस वर्ष पनि जोखिम न्यूनीकरणका लागि रातिको आवागमनमा रोक लगाइएको हो।

राजमार्गमा हुन सक्ने मानवीय तथा भौतिक क्षति कम गर्ने उद्देश्यले ललितपुर, मकवानपुर र सिन्धुलीका जिल्ला प्रशासन कार्यालयबीच समन्वय गरी यो निर्णय कार्यान्वयनमा ल्याइएको प्रशासनले जनाएको छ।

प्रशासनले वर्षायाममा अत्यावश्यक बाहेकका यात्रा सावधानीपूर्वक गर्न, मौसम र सडकको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा तय गर्न तथा जारी निर्देशनको पालना गर्न सबै सवारी चालक र यात्रुलाई आग्रह गरेको छ।

 


Thali Mobile Pvt.Ltd.