भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

शनिबारदेखि जेष्ठ ७ गतेसम्म तीन दिन सीमानाका बन्द

शनिबारदेखि जेष्ठ ७ गतेसम्म तीन दिन सीमानाका बन्द

काठमाडौं । भारतको मधुवनी जिल्लामा हुन लागेको निर्वाचनका लागि सीमानाका बन्द गरिएको छ । भारतीय सीमासँग जोडिएका मधेश प्रदेशका चार जिल्ला सिरहा, धनुषा, सप्तरी तथा महोत्तरीका सीमानाका तीन दिनका लागि बन्द गरिएको हो ।

भारतको विहार राज्यअन्तर्गत आगामी सोमबार मधुवनीमा संसदीय क्षेत्रमा मतदान हुन लागेका छन् ।

विहारको मधुवनी जिल्ला प्रशासनले नेपालको चार जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पत्र लेखी सोमबार हुने निर्वाचनका लागि ७२ घण्टा अगाडि सीमा बन्द गर्न आग्रह गरेबमोजिम सीमानाका बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले जनाको छ । सीमानाका शनिबारदेखि ७ गते राति १२ बजेसम्म बन्द रहने जनाइएको छ।

 


Thali Mobile Pvt.Ltd.