भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

कास्कीमा बाढीको ठूलो क्षति : पुल र होटल बग्यो, नयाँपुल-घान्द्रुक सडक तथा पदमार्ग अवरुद्ध

कास्कीमा बाढीको ठूलो क्षति : पुल र होटल बग्यो, नयाँपुल-घान्द्रुक सडक तथा पदमार्ग अवरुद्ध

काठमाडौं, असार २९ । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा आएको बाढीले ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण मोदी खोलाको जलसतह बढ्दा नदी किनारका घर, होटल र पूर्वाधारमा क्षति पुगेको छ।

अन्नपूर्ण गाउँपालिका–८ र १० को सीमाना स्याउलीबजारस्थित दिलीप गुरुङको घर तथा होटल बाढीले पूर्ण रूपमा बगाएको छ। स्थानीय जगन पुनको रेष्टुरेन्टमा पनि क्षति पुगेको गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले जानकारी दिएका छन्।

मोदी खोलाको तीव्र कटानका कारण नयाँपुल–घान्द्रुक सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। यसैगरी किम्रुङ खोलामाथिको झोलुङ्गे पुल बाढीले बगाएपछि अन्नपूर्ण पदमार्गमा स्थानीय बासिन्दा तथा पर्यटकको आवतजावत पूर्ण रूपमा ठप्प भएको छ।

गाउँपालिका अध्यक्ष केसीका अनुसार किम्रुङ खोलामा लेदोसहितको बाढी आउँदा मोदी खोलाको जलसतह असामान्य रूपमा बढेर व्यापक क्षति भएको हो।

यता, अविरल वर्षाका कारण देशका विभिन्न राजमार्गमा पनि यातायात प्रभावित भएको नेपाल प्रहरीले जनाएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित अरनिको राजमार्गमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

त्यसैगरी मकवानपुरको भीमफेदी गाउँपालिका–८ भर्याङडाँडामा कान्तिलोकपथ अझै सञ्चालनमा आउन सकेको छैन भने इलामको गोलाखर्क–राजदुवाली खण्डअन्तर्गत मेची राजमार्ग पनि पहिरोका कारण अवरुद्ध रहेको प्रहरीले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.