भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

दोस्रो बैठकले पारित गर्‍यो काठमाडौँ महानगरको २५ अर्ब बढीको बजेट

दोस्रो बैठकले पारित गर्‍यो काठमाडौँ महानगरको २५ अर्ब बढीको बजेट

मुख्य बुँदाहरू :

  • काठमाडौँ महानगरपालिकाको २०८२/८३ को २५ अर्ब ७६ करोड रुपैयाँ बजेट पारित।

  • प्रमुख बालेन्द्र शाहको अध्यक्षतामा नगरसभाको दोस्रो बैठकले पारित।

  • बजेट विनियोजनमा पूर्वाधार क्षेत्रलाई उच्च प्राथमिकता (५१%)।

  • सामाजिक विकासमा २०%, प्रशासनमा १४%, सुशासनमा १२% र आर्थिक विकासमा ३% बजेट छुट्याइएको।

  • बजेट ढिलो गरी संवैधानिक म्याद नाघेर पेस गरिएको भए पनि नगरसभाले अनुमोदन गर्‍यो।

काठमाडौँ, १ साउन ।  काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्ताव गरिएको २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट नगरसभाबाट पारित भएको छ। प्रमुख बालेन्द्र शाहको अध्यक्षतामा बसेको १७औँ अधिवेशनको दोस्रो बैठकले बजेट पारित गरेको हो।

संविधानअनुसार असार मसान्तभित्र बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था भए पनि काठमाडौँ महानगरले ढिलो गरी बजेट पेस गरेको थियो।पारित बजेटमा ५१ प्रतिशत पूर्वाधार विकास, २० प्रतिशत सामाजिक विकास, १४ प्रतिशत प्रशासनिक तथा कार्यसञ्चालन, १२ प्रतिशत सुशासन तथा अन्तरसम्बन्ध, र ३ प्रतिशत आर्थिक विकासतर्फ विनियोजन गरिएको छ।

नगरसभाका सदस्यहरूले आ–आफ्नो क्षेत्रको प्राथमिकता, आवश्यकता र योजनालाई सम्बोधन गर्न आग्रह गर्दै बजेट अनुमोदन गरेका हुन्। 

 


Thali Mobile Pvt.Ltd.