भर्खरै : Sorry, your browser does not support inline SVG.

म्याग्दीको बाउन्न हेक्टरमा सिँचाइ सुविधा विस्तार

म्याग्दीको बाउन्न हेक्टरमा सिँचाइ सुविधा विस्तार

मुख्य बुँदाहरू :

  • ५२ हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार, ७० हेक्टरमा स्तरोन्नति।

  • ६ किमि नहर, ६.११ किमि पाइपलाइन, ५ बाँध, ४७ संरचना निर्माण।

  • सिँचाइतर्फ २२ योजनामध्ये २१ योजना कार्यान्वयन, ९१.३१% बजेट खर्च।

  • बाढी तथा कटान न्यूनीकरणका लागि ४० मिटर पक्की पर्खाल र २५० मिटर ग्याबियन।

  • रघुगङ्गा–१ मा पहिरो नियन्त्रणको प्रयास।

  • नदी नियन्त्रणबाट ११० परिवार लाभान्वित, २.५ हेक्टर जमिन सुरक्षित।

म्याग्दी १ साउन । यहाँस्थित खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले आर्थिक वर्ष २०८१(०८२ मा सञ्चालन गरेका आयोजनामार्फत ५२ हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार भएको छ ।

साथै ७० हेक्टर जमिनमा सिँचाइ सुविधाको स्तरोन्नति भएको डिभिजनले जनाएको छ । छ किलोमिटर पक्की नहर, छ दशमलव ११ किलोमिटर पाइपलाइन विस्तार, पाँच वटा बाँध र ४७ वटा सिँचाइका संरचना निर्माण गरेर सिँचाइ सुविधा विस्तार र स्तरोन्नति भएको डिभिजन प्रमुख झलकमोहन ओझाले बताए ।

सिँचाइतर्फ २२ वटा योजनाका लागि रु चार करोड ८३ लाख ४० हजार बजेट विनियोजन भएकामा २१ वटा योजना कार्यान्वयन भएका छन् । सिँचाइमा विनियोजन भएको मध्य ९१ दशमलव ३१ प्रतिशत अथवा रु चार करोड ४१ लाख ४० हजार खर्च भएको छ ।

यसैगरी, नदी नियन्त्रण योजनाबाट बाढी र कटानको जोखिममा रहेका छ स्थानमा ४० मिटर पक्की पर्खाल, २५० मिटर ‘ग्याबियन’ पर्खाल निर्माण भएको छ । रघुगङ्गा–१ बेगमा बेगमा पनि ग्याबियन निर्माण गरेर पहिरो रोकथामको प्रयास भएको छ ।

नदी तथा पहिरो नियन्त्रण योजनाबाट ११० परिवार लाभान्वित र दुई दशमलव पाँच हेक्टर जमिन उकास भएको छ । नदी नियन्त्रण योजनाका लागि रु एक करोड ५० लाख ५० हजार विनियोजन भएकामा रु एक करोड ४७ लाख ६९ हजार खर्च भएको प्रमुख ओझाले जानकारी दिए । रासस

 


Thali Mobile Pvt.Ltd.