भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

काठमाडौँमा गुण्डाविरुद्धको ‘अपरेशन’ जारी, प्रहरीको कडा निगरानी

काठमाडौँमा गुण्डाविरुद्धको ‘अपरेशन’ जारी, प्रहरीको कडा निगरानी

काठमाडौँ, १७ साउन । उपत्यकामा गुण्डागर्दी र आपराधिक गतिविधिविरुद्धको प्रहरी अभियान रोकिने छैन भन्ने जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रमुख एसएसपी विश्व अधिकारीले स्पष्ट पारेका छन् । उनका अनुसार, “गुण्डाहरूले टाउको उठाउने ठाउँ पाउने छैनन्,” भन्दै काठमाडौँभित्र अपरेशन जारी रहेको बताएका छन् ।

अपराधमा संलग्न व्यक्तिहरूको नामावली तयार भइसकेको र खोजीखोजी कारबाहीको दायरामा ल्याइँदैछ । गत शुक्रबार महराजगञ्जस्थित होटल साम्बालाबाट ४७ जना पक्राउ परेका थिए । तिनीहरूमध्ये चक्रे मिलन भनिने मिलन गुरुङसहित १९ जनाविरुद्ध सार्वजनिक हितविपरीतको कसुरमा मुद्दा दर्ता गरी ७ दिनको म्याद थप गरिएको छ । अन्य २८ जनालाई हाजिर हुने शर्तमा छाडिएको भए पनि उनीहरूमाथि पनि अनुसन्धान जारी रहेको अधिकारीको भनाइ छ।

“उजुरी आउन थालेका छन्। १९ जनाले अरू के–के गरे भन्ने पनि खोजी हुँदैछ। छाडिएकाको पनि अनुसन्धान रोकिएको छैन,” अधिकारीले भने । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको सहयोगमा यो अपरेशन अझै चलिरहने प्रहरीले जनाएको छ ।

प्रहरीले सक्रिय निगरानी र योजनाबद्ध कारबाही मार्फत काठमाडौँलाई सुरक्षित बनाउन खोजिरहेको स्पष्ट संकेत दिएको छ ।

 


Thali Mobile Pvt.Ltd.