भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

गति लिन थाल्यो काठमाडौं–तराई द्रुतमार्ग, निर्माण ४२ प्रतिशत पुग्यो

गति लिन थाल्यो काठमाडौं–तराई द्रुतमार्ग, निर्माण ४२ प्रतिशत पुग्यो

काठमाडौं, १७ साउन । रणनीतिक र राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) को निर्माणले गति लिएको छ । नेपाली सेनाको नेतृत्वमा निर्माण भइरहेको यो आयोजना २०८३ चैत मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य सहित अघि बढाइएको हो ।

तर, अघिसम्म नीतिगत जटिलता, भौगोलिक कठिनाइ र जग्गा अधिग्रहण जस्ता समस्याले काम ढिलो भइरहेको थियो । अहिले भने नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार कामले नयाँ गति लिएको छ । आर्थिक वर्ष २०८१/८२ को अद्यावधिक विवरण अनुसार, २०७९ असार मसान्तसम्म द्रुतमार्गको समष्टिगत भौतिक प्रगति ४२.१३ प्रतिशत पुगेको छ । त्यस्तै, वित्तीय प्रगति ४४ प्रतिशत (मोविलाइजेशनसहित) पुगेको छ ।

१३ प्याकेजमध्ये अधिकांशमा काम भइरहेको
आयोजनामा रहेका १३ निर्माण प्याकेज मध्ये १२ वटा प्याकेज (प्याकेज १ देखि १० र ८ क, ८ ख, ९ क, ९ ख) मा हाल निर्माण कार्य जारी छ । प्याकेज ११ अन्तर्गतको खोकना–डुकुछाप खण्डमा भने अझै पनि जग्गा अधिग्रहण र आवागमन व्यवस्थापनका काममा समन्वय भैरहेको छ ।

लेनडाँडा खण्डको नमूना सडक
द्रुतमार्ग अन्तर्गतको लेनडाँडा खण्डमा सडक निर्माण कार्य ६१ प्रतिशत सम्पन्न भएको छ । यो खण्डमा रहेका ६ वटा पुल (कुल लम्बाइ ११०७ मिटर) मध्ये धेरैजसोको काम अगाडि बढेको छ । साथै, २ वटा डबल ट्युव सुरुङमार्गको ब्रेक थ्रु सम्पन्न भइसकेको छ भने ५ वटा कलभट पनि पूर्णरूपमा निर्माण सम्पन्न भएको छ । ८१ मिटर अग्लो पुलको फाउन्डेसन निर्माण पूरा भई सुपरस्ट्रक्चर निर्माण सुरु भएको छ । त्यस्तै, पुल नं. ३५, ३३३ मिटर लम्बाइको पहिलो पुल निर्माण सम्पन्न भई सवारी सञ्चालन समेत थालिएको छ ।

८० अर्बभन्दा बढी खर्च
हालसम्म आयोजना अन्तर्गत ८० अर्ब ५४ करोड खर्च भइसकेको छ । यसमा जग्गा खरिदका लागि १ अर्ब ६५ करोड, निर्माण व्यवसायीलाई ८२.३७ करोड र विद्युत प्राधिकरणलाई ९.८१ करोड पेश्की दिइएको छ । यी सबै रकम कटाएर खुद खर्च ७७ अर्ब ९७ करोड पुगेको छ ।

 

 


Thali Mobile Pvt.Ltd.