भर्खरै : Sorry, your browser does not support inline SVG.

केहीबेरको वर्षामै काठमाडौंका सडक जलमग्न, सवारी आवागमन प्रभावित

केहीबेरको वर्षामै काठमाडौंका सडक जलमग्न, सवारी आवागमन प्रभावित

काठमाडौं, ४ साउन  । केहीबेरको वर्षामै काठमाडौं उपत्यकाका विभिन्न सडक जलमग्न हुने समस्या यस वर्ष पनि दोहोरिएको छ । आइतबार परेको वर्षापछि सडकमा पानी जम्दा सवारी सञ्चालन प्रभावित भएको थियो ।

ट्राफिक प्रहरीका अनुसार सडकमा पानी जमेकाले धेरै स्थानमा सवारीसाधन एक लेनबाट मात्रै सञ्चालन गर्नुपर्ने अवस्था सिर्जना भएको थियो । यसले ट्राफिक व्यवस्थापनमा कठिनाइ हुनुका साथै दुर्घटनाको जोखिमसमेत बढाएको जनाएको छ ।

माइतीघर, अनामनगरलगायत उपत्यकाका विभिन्न क्षेत्रमा सडक जलमग्न हुँदा सवारी चालक र यात्रुले सास्ती खेप्नुपरेको थियो ।

ट्राफिक प्रहरीले वर्षायाममा सडकमा पानी जम्ने सम्भावना रहने भएकाले तीव्र गतिमा सवारी नचलाउन, सुरक्षित दूरी कायम गर्न र ट्राफिक नियम तथा निर्देशनको पालना गर्न सबै चालकलाई आग्रह गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.