भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

नक्शाल बाल मन्दिरबाट २० बालबालिकाको उद्धार, जोखिमपूर्ण अवस्थामा भेटिए

नक्शाल बाल मन्दिरबाट २० बालबालिकाको उद्धार, जोखिमपूर्ण अवस्थामा भेटिए

काठमाडौं, ४ साउन । नक्शालस्थित नेपाल बाल सङ्गठनको केन्द्रीय कार्यालय परिसरमा रहेको बाल मन्दिरबाट २० जना बालबालिकाको आकस्मिक उद्धार गरी सुरक्षित स्थानमा पुनःस्थापना गरिएको छ ।

बाल मन्दिरमा रहेका बालबालिका जोखिममा रहेको सूचनापछि साउन २ गते गरिएको अनुगमनका क्रममा भवनभित्र ढल पसेर पानी जमेको अवस्था भेटिएपछि उद्धार गरिएको हो ।

महिला, बालबालिका, लिङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय, राष्ट्रिय बाल अधिकार परिषद्, बालबालिका खोजतलास समन्वय केन्द्र १०४, बाल हेल्पलाइन १०९८, काठमाडौं महानगरपालिका तथा नेपाल प्रहरीको संयुक्त टोलीले उद्धार अभियान सञ्चालन गरेको थियो ।

अनुगमनका क्रममा बाल मन्दिरमा आश्रित १०८ बालबालिकामध्ये १५ दिनदेखि २ वर्षसम्म उमेरका १२ बालक र ८ बालिका गरी २० जना बालबालिका स्वास्थ्य र संरक्षणका दृष्टिले उच्च जोखिममा रहेको पाइएको थियो । उनीहरूलाई तत्काल सुरक्षित स्थानमा सारेर अस्थायी संरक्षणको व्यवस्था गरिएको परिषद्ले जनाएको छ ।

राष्ट्रिय बाल अधिकार परिषद्ले बालबालिका सम्बन्धी नियमावली, २०७८ र बाल गृह सञ्चालन तथा व्यवस्थापन मापदण्ड, २०७९ अनुसार मात्रै बाल गृह सञ्चालन गर्नुपर्ने उल्लेख गर्दै मापदण्डविपरीत सञ्चालन भएका बाल गृहविरुद्ध कानुनअनुसार कारबाही हुने चेतावनी दिएको छ ।

साथै परिषद्ले प्रदेश तथा स्थानीय बाल अधिकार समिति, बाल कल्याण अधिकारी र सम्बन्धित निकायलाई आफ्नो क्षेत्रभित्र रहेका बाल गृहको नियमित अनुगमन तथा निरीक्षण गर्न आग्रह गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.