भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

भक्तपुरमा कांग्रेस नेताको भेला : पार्टी विभाजन रोक्न महाधिवेशन प्रतिनिधिको राष्ट्रिय भेला बोलाउन माग

भक्तपुरमा कांग्रेस नेताको भेला : पार्टी विभाजन रोक्न महाधिवेशन प्रतिनिधिको राष्ट्रिय भेला बोलाउन माग

भक्तपुर, ४ साउन  । नेपाली कांग्रेसका नेताहरूको भक्तपुरमा सम्पन्न एक भेलाले पार्टीभित्रको आन्तरिक विवाद चरमोत्कर्षमा पुगेको निष्कर्ष निकाल्दै पार्टी विभाजन रोक्न महाधिवेशन प्रतिनिधिहरूको राष्ट्रिय भेला तत्काल बोलाउन माग गरेको छ ।

भेलामा सहभागी अधिकांश वक्ताले एकताबद्ध र अविभाजित नेपाली कांग्रेसले मात्रै लोकतन्त्र, संविधान र राष्ट्रियताको प्रभावकारी रूपमा रक्षा गर्न सक्ने धारणा व्यक्त गरेका थिए । उनीहरूले पार्टीभित्र देखिएको मतभेदलाई संवाद र संगठनात्मक प्रक्रियाबाट समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।

भेलामा नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापा, निवर्तमान केन्द्रीय सदस्य गोविन्द भट्टराई, उमेशजंग रायमाझी, मान नेपाली, किरण पौडेल, गुरु बराल, लक्ष्मी खतिवडा, पुष्प पराजुली, सीता देवकोटा, विद्या तिमल्सिना, उषा रावत, लक्ष्मणबहादुर बस्नेत, बालचन्द्र पौडेल, विनोद कायस्थ, ध्रुव अधिकारी, भूपेन्द्र थापा, सत्यराज भण्डारी, चन्द्रादेवी जोशी, रुद्रबहादुर खड्का, राजेन्द्र ताल्चा भडेल, हस्तबहादुर मल्ल, प्रमोद रिमाल, उत्तम चापागाईं, अनिल भुजु, केशव ढुंगानालगायतले समसामयिक राजनीतिक घटनाक्रमबारे धारणा राखेका थिए ।

वक्ताहरूले नेपाली कांग्रेस कमजोर हुँदा लोकतन्त्र मात्र नभई राष्ट्रियतामाथि समेत असर पर्ने विगतका उदाहरण प्रस्तुत गर्दै पार्टीलाई थप सशक्त बनाउनुपर्ने आवश्यकता औँल्याए । भेलामा वर्तमान सरकारले संविधान र कानुनको मर्मविपरीत उद्योगी, व्यवसायी, कर्मचारी, मजदुर, सुकुम्बासीलगायत विभिन्न वर्गमा डर, त्रास र असुरक्षाको वातावरण सिर्जना गरेको आरोप पनि लगाइएको थियो ।

सहभागीहरूले नियमित वा विशेष महाधिवेशनको बहानामा पार्टीलाई विभाजित नगरी बीपी कोइरालाको विचार, शहीदहरूको त्याग, तपस्या र बलिदानबाट प्रेरणा लिएर पार्टीलाई नयाँ ढंगबाट पुनर्गठन र पुनःसंयोजन गर्नुपर्ने धारणा व्यक्त गरे । त्यसो गर्न सके नयाँ पुस्ताको आकर्षण कांग्रेसतर्फ बढ्ने विश्वास उनीहरूको थियो ।

भेलाका संयोजक विनोद कायस्थका अनुसार पार्टी विभाजन हुन नदिन देशभरका कार्यकर्ताबीच संगठनको तल्लो तहसम्म व्यापक बहस सञ्चालन गर्नुपर्ने निष्कर्षसमेत बैठकले निकालेको छ ।

 


Thali Mobile Pvt.Ltd.