भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

नाँच समापन भएपछि पात्रहरूले लगाउने सबै मुखौटा टेकु दोभानमा जलाउने

नाँच समापन भएपछि पात्रहरूले लगाउने सबै मुखौटा टेकु दोभानमा जलाउने

काठमाण्डौ । काष्ठमण्डप क्षेत्रमा शुरु भएको तान्त्रिक नाच शनिबार दिनभर चल्नेभएको छ । काठमाण्डौको पचली भैरवको खड्गसिद्धी नाच काठमाण्डौको काष्ठमण्डप क्षेत्रमा शनिबार दिनभरी चल्ने छ । शुक्रबारदेखि काठमाण्डौको मालाकार समुदायबाट सञ्चालित पचली भैरव नाचमा कुमारी, गणेशसहित १२ देवगण रहेका छन् ।

तत्कालीन समयमा राजा र देवताबीच खड्ग साटासाटको रुपमा लिइने यो तान्त्रिक नाच हरेक १२ वर्षमा देखाउने गरिन्छ । बडादशैँको टीकाको दिन टेकुको पचली भैरव मन्दिरबाट शुरु भएको यो नाच २०८१ सालको बडादशैँको अष्टमीका दिन समापन हुन्छ । नाच समापन भएपछि पात्रहरूले लगाउने सबै मुखौटा टेकु दोभानमा जलाउने परम्परा छ।

पञ्चलिङ्गेश्वर, पञ्चमुखी लिङ्गेश्वर र स्वछन्द भैरवको नामले प्रसिद्ध पचली भैरवको जात्रा मनाउने परम्परा नेपाल संवत् ५०५ मा राजा भएका शिवसिंह मल्लले चलाएका इतिहासमा उल्लेख छ ।
देवगणहरुले शुक्रवार भैरव नाच प्रदर्शन गरेका थिए ।

शनिबार गणेश, ब्रम्हायणी, रुद्रायणी, नारायणी लगायतको नाच प्रदर्शन गर्नेछन् । एक ठाउँमा नाच देखाउन देवगण नाइके वाद्यगुरुसहित ५० जनाभन्दा धेरै अनिवार्य सहभागी हुनुपर्छ । १२ वर्षे यो नाच काठमाण्डौको मरु टोल, हनुमानढोका, लगन टोल, पचली, इन्द्रचोक, असन, भीमसेनथान, नक्साल, हाँडीगाउँलगायत पाटन, भक्तपुर, साँखु, गोकर्ण, चाँगुमा लगेर प्रदर्शन गर्ने चलन छ ।

 


Thali Mobile Pvt.Ltd.