भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

खग्रास चन्द्रग्रहण, नेपालभर देख्न सकिने

खग्रास चन्द्रग्रहण, नेपालभर देख्न सकिने

काठमाडौँ, २२ भाद्र । भाद्र शुक्ल पूर्णिमाका दिन आज राति नेपालमा खग्रास चन्द्रग्रहण लाग्दैछ।नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीका अनुसार ग्रहण राति १० बजेर ११ मिनेटमा शुरु भई १ बजेर ४१ मिनेटमा समाप्त हुनेछ। पञ्चाङ्ग अनुसार ग्रहणको समय यसरी रहनेछ :

ग्रहण स्पर्श : राति १०:११ बजे, सम्मीलन : ११:१५ बजे, मध्य : ११:५६ बजे, उन्मिलन : १२:३८ बजे, मोक्ष : १:४१ बजे । यो चन्द्रग्रहण नेपाल, भारतसहित एसियाका धेरै देशबाट सुरुदेखि अन्तसम्म अवलोकन गर्न सकिने खगोलशास्त्री प्रा.डा. जयन्त आचार्यले जानकारी दिए।

फलित ज्योतिष अनुसार विभिन्न राशिमा यस ग्रहणको भिन्न–भिन्न प्रभाव पर्ने बताइएको छ। लाभ हुने : मेष, वृष, कन्या, धनु, कष्ट/हानि हुने : मिथुन (माननाश), कर्कट (कष्ट), सिंह (स्त्रीपीडा), तुला (चिन्ता), वृश्चिक (व्यथा), मकर (क्षति), कुम्भ (घात), मीन (व्यय)

शतभिषा र पूर्वाभाद्रपदा नक्षत्र र कुम्भ राशि भएका व्यक्तिलाई यो ग्रहण विशेष रूपमा प्रतिकूल हुने उल्लेख छ।

पौराणिक मान्यताअनुसार ग्रहणको केही समयअघिदेखि सुतक लाग्छ। आज दिउँसो १:११ बजेदेखि बालबालिका, वृद्ध र रोगी बाहेक अरूलाई भोजन निषेध गरिएको छ। ग्रहण अवधिमा मन्त्रजप, हवन जस्ता धार्मिक कार्य गर्न प्रोत्साहित गरिएको छ भने शयन, खानपिन र मैथुन जस्ता क्रियाकलाप निषेध गरिएको छ।

यो वर्ष अर्को चन्द्रग्रहण फाल्गुन शुक्ल पूर्णिमाको दिन, फागुन १९ गते मंगलबार ग्रस्तोदित खण्डग्रास रूपमा लाग्ने पञ्चाङ्गमा उल्लेख छ।

 


Thali Mobile Pvt.Ltd.