भर्खरै : Sorry, your browser does not support inline SVG.
सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो |

चेपाङ समुदायको न्वागी पर्व, बागमतीका तीन जिल्लामा सार्वजनिक बिदा

चेपाङ समुदायको न्वागी पर्व, बागमतीका तीन जिल्लामा सार्वजनिक बिदा

काठमाडौँ, २२ भाद्र । चेपाङ समुदायले आज आफ्नो राष्ट्रिय धार्मिक पर्व छोनाम अर्थात् न्वागी पर्व मनाउँदैछन्। हरेक वर्ष भदौ २२ गते मनाइने यो पर्वलाई २०६३ सालदेखि चेपाङ सङ्घको पहलमा सामूहिक उत्सवका रूपमा मनाउन थालिएको हो।

यस अवसरमा समुदायका सदस्यहरू भेला भई सांस्कृतिक कार्यक्रम गर्ने र नयाँ अन्नको पूजा गर्ने परम्परा रहँदै आएको छ। यस वर्ष न्वागी पर्वको केन्द्रीय कार्यक्रम चितवनको इच्छाकामना गाउँपालिका–६ कालिखोलामा आयोजना गरिएको छ।

नेपाल चेपाङ सङ्घका अध्यक्ष गोविन्दराम चेपाङका अनुसार चितवन, मकवानपुर, धादिङ र गोरखामा पालैपालो गरी न्वागीलाई राष्ट्रिय पर्वका रूपमा मनाउने गरिन्छ। चेपाङ समुदायमा भदौको पूर्णिमादेखि महिनाभर आफ्नो कुलअनुसार न्वागी मनाउने परम्परा छ।

पितृलाई अर्पण नगरी र पूजा नगरी नयाँ फलफूल तथा अन्न खान नहुने मान्यता रहिआएको छ। पर्वका दिन घैया धान, कागुनो, पिँडालु लगायतका अन्नपात र फलफूल पितृलाई चढाइन्छ। यसलाई नयाँ अन्न खाने दिनको रूपमा समेत लिइन्छ। राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा ८४ हजार ३६४ जना चेपाङ बसोबास गर्छन्।

यसैबीच, बागमती प्रदेश सरकारले न्वागी पर्वको अवसरमा चितवन, मकवानपुर र धादिङ जिल्लामा आज सार्वजनिक बिदा दिएको छ। मकवानपुरको राक्सिराङ गाउँपालिकाले आज र भोलि गरी दुई दिनको बिदा दिएको छ भने गोरखाको गण्डकी गाउँपालिकाले पनि सार्वजनिक बिदा दिने चलन कायम राखेको छ।

 


Thali Mobile Pvt.Ltd.