भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

एमालेले बागमतीमा ६ मन्त्रीको नाम टुंग्यायो, भक्तपुरबाट किरण थापा

एमालेले बागमतीमा ६ मन्त्रीको नाम टुंग्यायो, भक्तपुरबाट किरण थापा

हेटौंडौं । नेकपा एमालले बागमती प्रदेशमा प्रतिनिधित्व गर्ने मन्त्रीको नाम टुङ्ग्याएको छ । मन्त्रीमा भक्तपुरबाट प्रतिनिधित्व गर्ने बागमती प्रदेशसभा सदस्य किरण थापा पनि परेका छन् ।

एमालेले काठमाडौंका प्रकाश श्रेष्ठ र अमन मास्के, ललितपुरका प्रेम भक्त महर्जन, भक्तपुरका किरण थापामगर, चितवनका कृष्ण सिलवाल र सिन्धुलीकी सुकमाया तामाङलाई मन्त्री बनाउन लागेको हो । नेकपा एमालेले बागमती प्रदेश सरकारमा सहभागी हुने ६ मन्त्रीको नाम टुंगो लगाएको हो ।

निवर्तमान मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले राजीनामा दिएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु भएपछि नाम टुंगो लागेका प्रकाश श्रेष्ठबाहेक सबै नयाँ अनुहार हुन् ।

प्रकाश यसअघि उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री थिए । बागमतीमा कांग्रेस–एमाले गठबन्धनले आज नै मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने छ ।

 


Thali Mobile Pvt.Ltd.