भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

सिमलतालमा बेपत्ता खसेका बस र यात्रुको खोजी कार्य आज पनि जारी

सिमलतालमा बेपत्ता खसेका बस र यात्रुको खोजी कार्य आज पनि जारी

काठमाडौैंं । चितवनको भरतपुर महानगरपालिका–२९ नारायणगढ–मुग्लिङ सडक खण्डको सिमलतालमा पहिरोसँगै बगेर त्रिशूलीमा खसेका दुई वटा बस तथा यात्रुको आज १२ औँ दिन पनि खोजी भइरहेको छ । घटनास्थल सिमलतालबाट घुमाउने हुँदै केदाबारीसम्म शङ्कास्पद वस्तु देखिएपछि दोहोर्‍याएर खोजतलास गर्न लागिएको हो ।

नेपालको सुरक्षाकर्मीसहित भारतको ‘राष्ट्रिय आपदा मोचन बल–नेशनल डिजास्टर रेस्पोन्स फोर्स’ बाट १२ जनाको प्राविधिक टोलीले संयुक्त खोजतलास गरिरहेको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवकाअनुसार यो क्षेत्रमा राडरले शङ्कास्पद वस्तु देखाएपछि आज पुनः खोजतलास थालिएको छ ।

भारतीय टोलीले धमिलो बेगमा बगेको पानीमा कम काम गरेकाले कठिनाइ भइरहेको जनाउँदै उहाँले शङ्कास्पद वस्तु भएको अनुमानसँगै फेरि त्यही ठाउँमा खोजतलास थालिएको बताउनुभयो । यसअघि भेटिएका भनेका २५ वटा शवमध्ये सनाखत नभएका सातमध्येको एक शव यस घटनाभन्दा बाहिरको रहेको खुलेको छ ।

 

 


Thali Mobile Pvt.Ltd.