भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

धनुषामा होली खेल्ने क्रममा भएको विवादमा छुरी प्रहार

धनुषामा होली खेल्ने क्रममा भएको विवादमा छुरी प्रहार

काठमाण्डौ । छुरी प्रहारबाट एक जनाको ज्यान गएको छ । धनुषामा होली खेल्ने क्रममा भएको विवादमा छुरी प्रहारबाट एक जनाको मृत्यु भएको हो । छुरी प्रहार गरेको आरोपमा जनकपुरधाम–२३ का २१ वर्षीय धर्मेन्द्र महतोलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

धनुषासहित मधेशका धेरैजसो जिल्लामा शुक्रवार होली मनाइएको भए पनि जनकपुरधाममा भने शनिबार होली मनाइएको थियो । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ बिन्धी चोकमा शनिबार बेलुका भएको विवादपछि छुरी प्रहार हुँदा १९ वर्षीय आँशु यादवको ज्यान गएको हो ।

 


Thali Mobile Pvt.Ltd.