भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

अन्तरिक्षमा फसेका सुनिता र बुच विल्मोरसँग भेट गरी आपसमा खुशी साटे

अन्तरिक्षमा फसेका सुनिता र बुच विल्मोरसँग भेट गरी आपसमा खुशी साटे

एजेन्सी । रकेट अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) पुगेको छ । अन्तरिक्षमा फसेका अन्तरिक्षयात्री सुनिता विलियम्स र ब्यारी विल्मोरलाई पृथ्वीमा फिर्ता ल्याउन स्पेसएक्सले पठाएको उक्त रकेट आईएसएस पुगेको हो ।

सुनिता र बुच आठ दिनका लागि भनेर अघिल्लो वर्षको जुन ५ मा स्पेस स्टेशन गएका थिए । उनीहरू बोइङ र नासाको संयुक्त ‘क्रू फ्‌लाइट टेस्ट मिसन’ मा गएका थिए । तर स्पेस क्राफ्‌टमा प्राविधिक त्रुटि आएपछि उनीहरू पछिल्लो नौ महिनादेखि अन्तरिक्षमै रोकिएका हुन् ।

यसअघि उनीहरूको फिर्तीका लागि प्रक्षेपण गर्न खोजिएको फाल्कन–९ अन्तिम समयमा स्थगित गरिएको थियो । नौ महिनाभन्दा धेरै समयदेखि आईएसएसमा फसेका दुई जना अन्तरिक्षयात्रीलाई पृथ्वीमा ल्याउन १० यात्रीसहित उडेको अमेरिकी अर्बपति एल्न मस्कको अन्तरिक्ष एजेन्सी स्पेसएक्सको रकेट आईएसएसमा पुगेको बीबीसीले जनाएको छ ।

यो टोलीले अन्तरिक्षयात्री सुनिता विलियम्स र ब्यारी विल्मोरको ठाउँ लिनेछ । दुवै यानको भेटपछि उनीहरूले अन्तरिक्षमा फसेका सुनिता र बुच विल्मोरसँग भेट गरी आपसमा खुशी साटेका छन् ।

 


Thali Mobile Pvt.Ltd.