भर्खरै : Sorry, your browser does not support inline SVG.

कोशी प्रदेशसभा बैठक आज बस्दै, कांग्रेस अनुपस्थित हुने

कोशी प्रदेशसभा बैठक आज बस्दै, कांग्रेस अनुपस्थित हुने

काठमाडौं । कोशी प्रदेशसभा बैठक आज बस्दैछ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिएपछि ३१ वैशाखबाट स्थगित प्रदेशसभा बैठक आज बस्न लागेको हो । दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा नेपाली कांग्रेस भने अनुपस्थित हुने बताएको छ । ३१ वैशाखमा मुख्यमन्त्रीले विश्वासको मत लिएको बैठकमा पनि कांग्रेस अनुपस्थित भएको थियो ।

कोशी प्रदेशको सरकार गठनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले बैठकमा सहभागी नहुने निर्णय भएको नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले जानकारी दिए ।

 

 


Thali Mobile Pvt.Ltd.