भर्खरै : Sorry, your browser does not support inline SVG.

भारतको बाल अस्पतालमा आगलागी, ६ नवजात शिशुको मृत्यु

भारतको बाल अस्पतालमा आगलागी, ६ नवजात शिशुको मृत्यु

काठमाडौं । भारतको दिल्लीमा रहेको एक बाल अस्पतालमा आगलागी हुँदा कम्तीमा ६ जना नवजात शिशुको ज्यान गएको छ । आगलागीमा अरू केही घाइते भएका दिल्ली प्रहरीलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।

गए राति साढे ११ बजे भएको आगलागीमा घाइते भएका १२ जनाको उद्धार गरेकामा छ जनाको उपचारका क्रममा ज्यान गएको र छ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको प्रहरीले जनाएको छ । आगलागीको कारण खुलेको छैन ।

आगलागीका कारण अस्पताल नजिकैको भवनमा पनि क्षति पुगेको खबरमा उल्लेख छ । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.