भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

चुक्यो सरकार

चुक्यो सरकार

काठमाडौं । भारी वर्षाको चेतावनी ‘रेड अलर्ट’ जारी गरिँदा पनि पूर्वतयारीका लागि सरकारले बैठकसमेत राखेन । विपतपछि पनि मन्त्रीसहितका जिम्मेवार अधिकारी सम्मान थाप्नमै व्यस्त भए । पीडितलाई सान्त्वना दिन कोही गएनन् । ५६ जिल्लामा त ‘रेड अलर्ट’ नै जारी भएको थियो ।

तैपनि सरकारले पूर्वतयारीप्रति चासो नदेखाएपछि धेरै ठूलो जनधनको क्षेती भयो । जिम्मेवार अधिकारीहरू विपत्का वेला गैरजिम्मेवारजस्ता देखिए । भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहाल गृहजिल्ला झापामा र मुख्यसचिव एकनारायण अर्याल स्याङ्जामा सम्मान थापेर बसे । कार्यवाहक प्रधानमन्त्रीलाई उनले ‘रेस्पोन्स’ नगरेको आरोप छ ।

विपत् न्यूनीकरणका लागि राज्यको पूर्वतयारी नहुँदा देशले बाढीपहिरोबाट भयानक क्षति व्यहोरेको छ । त्यसपछि पनि पीडितको उद्धार र राहत वितरण कार्यसमेत सरकारले प्रभावकारी बनाउन सकेको छैन । उद्धार, राहत र राजमार्ग सञ्चालनको कामलाई तीव्रता दिन चौतर्फी माग भए पनि सरकारको गति सुस्त हुँदा पीडितमा थप असन्तुष्टि बढ्दै छ ।

 


Thali Mobile Pvt.Ltd.