भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

चुक्यो सरकार

चुक्यो सरकार

काठमाडौं । भारी वर्षाको चेतावनी ‘रेड अलर्ट’ जारी गरिँदा पनि पूर्वतयारीका लागि सरकारले बैठकसमेत राखेन । विपतपछि पनि मन्त्रीसहितका जिम्मेवार अधिकारी सम्मान थाप्नमै व्यस्त भए । पीडितलाई सान्त्वना दिन कोही गएनन् । ५६ जिल्लामा त ‘रेड अलर्ट’ नै जारी भएको थियो ।

तैपनि सरकारले पूर्वतयारीप्रति चासो नदेखाएपछि धेरै ठूलो जनधनको क्षेती भयो । जिम्मेवार अधिकारीहरू विपत्का वेला गैरजिम्मेवारजस्ता देखिए । भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहाल गृहजिल्ला झापामा र मुख्यसचिव एकनारायण अर्याल स्याङ्जामा सम्मान थापेर बसे । कार्यवाहक प्रधानमन्त्रीलाई उनले ‘रेस्पोन्स’ नगरेको आरोप छ ।

विपत् न्यूनीकरणका लागि राज्यको पूर्वतयारी नहुँदा देशले बाढीपहिरोबाट भयानक क्षति व्यहोरेको छ । त्यसपछि पनि पीडितको उद्धार र राहत वितरण कार्यसमेत सरकारले प्रभावकारी बनाउन सकेको छैन । उद्धार, राहत र राजमार्ग सञ्चालनको कामलाई तीव्रता दिन चौतर्फी माग भए पनि सरकारको गति सुस्त हुँदा पीडितमा थप असन्तुष्टि बढ्दै छ ।

 


Thali Mobile Pvt.Ltd.