भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

बीआरआईबारे कांग्रेस एमालेको फरक कित्ता

बीआरआईबारे कांग्रेस एमालेको फरक कित्ता

काठमाडौं । दुई ठूला दलमध्ये कांग्रेसले चीनको बेल्ट एन्ड रोड इनिशटिभ (बीआरआई) को सहायता ऋणका रूपमा स्वीकार गर्न नसकिने बताएका छन् । यता प्रधानमन्त्रीको दलले भने अहिले नै सहायताको प्रारूपमा धारणा राख्ने समय नआएको जिकिर गरेको छ ।

बीआरआई अवधारणामा हस्ताक्षर गरेको सात वर्षमा समेत नेपालमा त्यसको सहायताको स्वरूप टुङ्गो नलाग्दा त्यसअन्तर्गतका परियोजना कार्यान्वयनमा जान सकेका छैनन् । कांग्रेस र एमाले सरकारमा रहँदा लामो समयदेखि अगाडि बढ्न नसकेको काम झनै सुस्ताउन थालेपछि आशङ्का उत्पन्न भएको छ ।

नेपाली कांग्रेसले बैठक बसेर बीआरआईको सहायतालाई ऋणका रूपमा स्वीकार गर्न नसकिने जनाएको थियो ।

प्रधानमन्त्रीको भिन्न धारणा
प्रधानमन्त्रीको दल एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले भने ऋणको प्रारूपबारे के गर्ने भन्ने अवस्थामा नेपाल पक्षका कोही नरहेको बताउँछन्। मुलुकलाई निकास दिनका लागि सत्ता साझेदारी गरेको भन्दै त्यसमा तर्कसङ्गत बहसबाट निकास निकाल्न सकिने बताउँछन् ।

 


Thali Mobile Pvt.Ltd.