भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता | लेखा समितिमा राहदानी छपाई प्रकरणको छलफल रोकियो, सांसदको असहमतिपछि बैठक स्थगित | एक सातामै आत्मदाहका तीन घटनामा तीन जनाको मृत्यु, जलन उपचार सेवामा विशेषज्ञको अभाव | अष्ट्रेलियामा सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू हुने, कागजी फाराम हटाइने | के हात्तीले वर्षौँसम्म रिस राख्छ ? | देशभर ४६ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न, गण्डकी अगाडि, कोशी सबैभन्दा पछाडि |

राजधानी नजिकैको जानै पर्ने पर्यटकीय गन्तव्य घ्याम्पेडाँडा र होटल घ्याम्पेडाँडा

राजधानी नजिकैको जानै पर्ने पर्यटकीय गन्तव्य घ्याम्पेडाँडा र होटल घ्याम्पेडाँडा

भक्तपुर । वरिपरि जंगलको बीचभागमा छ घ्याम्पेडाँडा । यहाँबाट राजधानीका तीन जिल्ला सहजै नियाल्न सकिन्छ । प्राकृतिक सौन्दर्यसंगै होटल घ्याम्पेडाँडाको टप (काैशी)बाट राजधानीका तीन जिल्लाको दृश्य मात्रै होइन्, हिमायलको मनमोहक दृश्य पनि सहजै नियाल्न सकिन्छ ।

छिनछिनमा बादल लाग्नु, पानी पर्नु अनि घामले लुकामारी खेल्नु यहाँको विशेषता भएको होटेलको घ्याम्पेडाँडाका एम.डि राजेन्द्र प्रसाद प्रजापतिले बताए । उनले भने,  “होटल घयाम्पेडाडाँ साच्चैं भन्नुपर्दा यहाँबाट मनोरम दृश्यहरु हेर्न सकिन्छ । यहाँको हरियाली वातावरणले गर्दा एकदम मनमोहक पनि देखिन्छ । यसका साथै यहाँको मौसम पनि छिनछिनमा बादल लाग्नु, पानी पर्नु अनि घामले लुकामारी खेल्नु यहाँको प्रमुख विशेषता नै हो । यहाँ एकदम मौसम चिसो हुनु, कहिले काँही तुरुन्त घाम पनि लाग्नु अर्काे बिशेषता हाे ।”

घ्याम्पेडाँडा अग्लो ठाउँमा भएकाले पनि यहाँका दृश्यहरुले धर्तीमा होइन साच्चैं स्वर्गकै अनुभूती दिने गरेको प्रजापतिले बताए । उनले घ्याम्पेडाँडा पुग्न एकदमै सजिलो भएकाले पर्यटकहरुलाई कुनै किसिमको समस्या नभएको बताउँदै त्रिभुवन विमानस्थलबाट १७ किलोमिटरको दुरीमा घ्याम्पेडाँडाँ पुग्न सकिने जानकारी दिए । घ्याम्पेडाँडा अरनिकको हाइवेबाट मात्र ५ किलोमिटरको दुरीमा रहेको छ । सुविधासम्पन्न बाटो भएकाले पनि राजधानी नजिकैको यो पर्यटकीय गन्तव्य, उत्कृष्ट पर्यटकीय गन्तव्य मध्येको एक हो । देशको संघीय राजधानी काठमाडौंबाट आधा घण्टाको अवधिमा सजिलोसंग होटल घयाम्पेडाडाँमा पुग्न सकिन्छ । यहाँ पुगेपछि प्याकेज अनुसार सुविधासम्पन्न आरामदायी बसाइको लागि होटल घ्याम्पेले उत्कृष्ट सेवा प्रदान गर्ने गरेको छ ।

होटल घ्याम्पेडाँडामा आवश्यकतानुसारका सेमिनार हलको व्यवस्था रहेको छ । प्रायः जसाे  शनिबारकाे दिन मानिसहरू हाइकिङ्ग गर्दै, रम्दै घयाम्पेडाडाँमा बनभोजका कार्यक्रमहरु गर्न रूचाउने भएकाले किफायती दरमा बनभाेज पनि सञ्चालन गरिरहेको प्रजापतिले जानकारी दिए । उनले भने, “आउनुहोस् एकपटक घयाम्पेडाडाँमा । चाहे पिकनिकको रुपमा आउनुहोस् वा अरु कार्यक्रमको हिसाबमा आउनुहोस् । हामी तपाईहरुलाई उत्कृष्ट सेवा सुविधा दिन चाहान्छौं । याे हरेक हिसावले एकदम राम्रो रमणीय ठाउँ छ ।”

होटल घ्याम्पेडाँडाबाट करिब सात सयको मिटरको दुरीमा डोलेश्वर महादेवको मन्दिर रहेको छ । यसैको सेरोफेरोमा पाईलट बाबा, आशापुरेश्वर महादेव पनि रहेको छ । साउनको महिनाभरि मेला हेर्दै प्राहकृतिक दृश्यको अवलोकन गर्न सकिने भएकाले पनि घ्याम्पेडाँडा तपाईका लागि उपयुक्त स्थान बन्न सक्छ । उनले भने, “साउनको महिना शिवको पूजा गर्दै यहाँको वातावरणको साथ–साथै मेला पनि हेरेर शिवको दर्शन पनि गर्न पाउँने हुनाले होटेल घ्याम्पेडाँडातिर आउने तपाइको राम्रो समय हुन्छ कि ? भन चाहान्छु ।”


 


Thali Mobile Pvt.Ltd.