भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

कृषिमा दिइने व्यक्तिगत अनुदान रोक्न प्रधानमन्त्रीको निर्देशन

कृषिमा दिइने व्यक्तिगत अनुदान रोक्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिमा दिइने व्यक्तिगत अनुदान रोक्न निर्देशन दिएका छन् । मंगलबार सिंहदरबारमा सचिवहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले आर्थिक अनुशासन पालना गर्न र हिसाब किताब चुस्तदुरुस्त राख्न पनि निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री ओलीले सामूहिक अनुदानमा सरकार अलिक उदार नै हुने बताए । व्यक्तिगत अनुदान भने रोक्नुपर्ने उनले बताए । ‘गाई पाल्न एक करोड, सुँगर पाल्न एक करोड, भैंसी पाल्न एक करोड फलानालाई अनुदान’, खासगरी कृषि मन्त्रालयमा यस्तो खुब अनुदान हुने भन्दै प्रधानमन्त्री ओलीले भने, ‘यस्ता कुरा रोक्नुपर्छ, यो एकदमै स्टप गर्नुपर्छ ।’ यसरी दिएको ऋण पनि सही सदुपयोग भएको छ कि छैन अनुगमन गर्न समेत निर्देशन दिए ।

 

 


Thali Mobile Pvt.Ltd.