भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कृषिमा दिइने व्यक्तिगत अनुदान रोक्न प्रधानमन्त्रीको निर्देशन

कृषिमा दिइने व्यक्तिगत अनुदान रोक्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिमा दिइने व्यक्तिगत अनुदान रोक्न निर्देशन दिएका छन् । मंगलबार सिंहदरबारमा सचिवहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले आर्थिक अनुशासन पालना गर्न र हिसाब किताब चुस्तदुरुस्त राख्न पनि निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री ओलीले सामूहिक अनुदानमा सरकार अलिक उदार नै हुने बताए । व्यक्तिगत अनुदान भने रोक्नुपर्ने उनले बताए । ‘गाई पाल्न एक करोड, सुँगर पाल्न एक करोड, भैंसी पाल्न एक करोड फलानालाई अनुदान’, खासगरी कृषि मन्त्रालयमा यस्तो खुब अनुदान हुने भन्दै प्रधानमन्त्री ओलीले भने, ‘यस्ता कुरा रोक्नुपर्छ, यो एकदमै स्टप गर्नुपर्छ ।’ यसरी दिएको ऋण पनि सही सदुपयोग भएको छ कि छैन अनुगमन गर्न समेत निर्देशन दिए ।

 

 


Thali Mobile Pvt.Ltd.