भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

अनेक शक्तिले राष्ट्रिय एकता भाँड्न खोजिरहेका छन्ः केपी ओली

अनेक शक्तिले राष्ट्रिय एकता भाँड्न खोजिरहेका छन्ः केपी ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अनेक प्रकारका शक्तिले राष्ट्रिय एकता भाँड्न खोजेको बताएका छन् । सोमबार च्यासलमा आयोजित नेपाल खेलकुद महासंघ केन्द्रीय कमिटीको तेस्रो बैठकमा ओलीले सरकार, देश असफल पार्न खोज्नेहरू हुन सक्ने भन्दै त्यसविरुद्ध बोल्न आग्रह गरे ।

उनले भिन्नतालाई कुरूप हुन दिन नहुने बताए । विविधतालाई दुरुपयोग हुन दिन नहुने ओलीको भनाइ छ । उनले खेलाडीमा जातको प्रतिनिधित्व भन्दा पनि खेलको प्रतिनिधित्व हुनुपर्ने पनि बताए ।

यस्तै ओलीले देशको प्रणाली उपयुक्त छरछैन भनेर छलफल गर्ने बेला नभएको बताएका छन् । उनले व्यवस्थालाई सुदृढ बनाएर लैजानुपर्ने बताए । उनले लोकतन्त्र छाडा शासन नभएको बताए । नीति, कानुन मान्दिनँ भन्ने सनकका अभिव्यक्तिले कहीँ नपुर्‍याउने उनले उल्लेख गरे ।

 

 

 


Thali Mobile Pvt.Ltd.