भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

अनेक शक्तिले राष्ट्रिय एकता भाँड्न खोजिरहेका छन्ः केपी ओली

अनेक शक्तिले राष्ट्रिय एकता भाँड्न खोजिरहेका छन्ः केपी ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अनेक प्रकारका शक्तिले राष्ट्रिय एकता भाँड्न खोजेको बताएका छन् । सोमबार च्यासलमा आयोजित नेपाल खेलकुद महासंघ केन्द्रीय कमिटीको तेस्रो बैठकमा ओलीले सरकार, देश असफल पार्न खोज्नेहरू हुन सक्ने भन्दै त्यसविरुद्ध बोल्न आग्रह गरे ।

उनले भिन्नतालाई कुरूप हुन दिन नहुने बताए । विविधतालाई दुरुपयोग हुन दिन नहुने ओलीको भनाइ छ । उनले खेलाडीमा जातको प्रतिनिधित्व भन्दा पनि खेलको प्रतिनिधित्व हुनुपर्ने पनि बताए ।

यस्तै ओलीले देशको प्रणाली उपयुक्त छरछैन भनेर छलफल गर्ने बेला नभएको बताएका छन् । उनले व्यवस्थालाई सुदृढ बनाएर लैजानुपर्ने बताए । उनले लोकतन्त्र छाडा शासन नभएको बताए । नीति, कानुन मान्दिनँ भन्ने सनकका अभिव्यक्तिले कहीँ नपुर्‍याउने उनले उल्लेख गरे ।

 

 

 


Thali Mobile Pvt.Ltd.