भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

ठगहरू प्रवेश गरेकाले सहकारी बदनाम भयोः ओली

ठगहरू प्रवेश गरेकाले सहकारी बदनाम भयोः ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ठगेर खानेहरू प्रवेश गरेकाले ठूला सहकारी संकटग्रस्त बन्न पुगेको बताएका छन्। काठमाडौंको प्रज्ञा भवनमा पार्टीको महिला भेलालाई सम्बोधन गर्दै उनले ठगहरू प्रवेश गरेकाले ठूला सहकारी बदनाम बन्न पुगेको बताए।

सहकारी अपचलनबारे छानबिन गर्न संसदीय समिति बनेको छ। संसदीय समितिले २९ वटा सहकारीहरूको रकम अपचलन, हिनामिना, दुरूपयोगको अवस्था हेरेर तीन महिनाभित्र प्रतिवेदन बुझाउने छ।एमाले सांसद सूर्य थापाको नेतृत्वमा उक्त समिति बनेको छ।

समितिमा नेपाली कांग्रेसका सांसद बद्रि पाण्डे, ईश्वरदेवी न्यौपाने, माओवादी केन्द्रका सांसद लेखनाथ दाहाल, एमाले सांसद सरिता भुसाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधान सदस्य छन्।

 

 


Thali Mobile Pvt.Ltd.