भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

भारतको दिल्लीमा अहिलेसम्मकै उच्च तापक्रम मापन

भारतको दिल्लीमा अहिलेसम्मकै उच्च तापक्रम मापन

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा तापक्रम अहिलेसम्मको उच्च अर्थात् ४९ दशमलव ९ डिग्री सेल्सियस पुगेको छ । भारतीय मौसम विज्ञान विभागले नरेला र मुङ्गेशपुरमा रहेका दिल्लीका दुई उपनगरीय क्षेत्रमा उच्च तापक्रम मापन गरेको एएफपीले जनाएको छ ।

मौसम विभागका अनुसार त्यहाँको तापक्रम सामान्य अवस्थामा भन्दा ९ डिग्री सेल्सियसयले धेरै हो । ३ करोडभन्दा धेरै जनसङ्ख्या रहेको दिल्लीमा गर्मीका कारण जनजीवन अस्तव्यस्त भएको छ ।

सरकारी अधिकारीहरूले तापक्रम वृद्धिसँगै पानीको अभाव हुन सक्ने चेतावनी दिएका छन् । भारतमा गर्मीयाममा तापक्रम उच्च रहने भए पनि पछिल्ला वर्षहरूमा लामो र अत्यधिक गर्मी हुने गरेको छ ।

वर्षौँको वैज्ञानिक अनुसन्धानले जलवायु परिवर्तनका कारण गर्मी लामो हुने, बारम्बार हुने र तीव्र हुने गरेको जनाएको छ । भारतीय मौसम विज्ञान विभागले गर्मीले विशेषगरी शिशु, वृद्ध र दीर्घकालीन रोग भएकाहरूको स्वास्थ्यमा असर पार्न सक्ने भन्दै सावधानी अपनाउन आग्रह गरेको छ । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.