भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

पार्टी सत्तामा ओलीको ह्याट्रिक, तेस्रोपटक एमाले अध्यक्ष निर्वाचित

पार्टी सत्तामा ओलीको ह्याट्रिक, तेस्रोपटक एमाले अध्यक्ष निर्वाचित

काठमाडौँ, ३ पुस । नेकपा एमालेको अध्यक्ष पदमा केपी शर्मा ओलीले लगातार तेस्रो कार्यकाल (‘ह्याट्रिक’) पूरा गरेका छन्।

भृकुटीमण्डपमा बिहीबार सम्पन्न पार्टीको ११औँ महाधिवेशनको अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै ओली अध्यक्षमा निर्वाचित भएका हुन्।

मतपरिणामअनुसार ओलीले १ हजार ६६३ मत प्राप्त गर्दा उनका एकमात्र प्रतिस्पर्धी ईश्वर पोखरेलले ५६४ मत प्राप्त गरेका छन्। यसअघि २०७१ सालदेखि निरन्तर पार्टी अध्यक्ष रहेका ओलीले यसपटक पनि स्पष्ट मतान्तरका साथ नेतृत्वमा आफ्नो पकड कायम राखेका छन्।

ओलीले २०७१ सालमा सम्पन्न नवौँ महाधिवेशनमा तत्कालीन महासचिव माधवकुमार नेपाललाई झिनो मतान्तरले पराजित गर्दै पहिलोपटक अध्यक्षको जिम्मेवारी सम्हालेका थिए। त्यसपछि २०७८ सालमा चितवनको सौराहामा भएको १०औँ महाधिवेशनमा डा. भीम रावललाई पराजित गर्दै दोस्रोपटक अध्यक्ष बनेका थिए।

तेस्रोपटक अध्यक्षमा निर्वाचित भएसँगै एमालेभित्र ओलीको नेतृत्व थप सुदृढ बनेको छ। आगामी दिनमा पार्टी एकता, संगठन सुदृढीकरण तथा राष्ट्रिय राजनीतिमा निर्णायक भूमिका खेल्नु ओलीका मुख्य चुनौतीका रूपमा देखिएका छन्।

 


Thali Mobile Pvt.Ltd.