भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

युक्रेनसँग शान्ति वार्ता आफ्नो शर्तमा नभए नियन्त्रण क्षेत्र विस्तार गर्ने पुटिनको चेतावनी

युक्रेनसँग शान्ति वार्ता आफ्नो शर्तमा नभए नियन्त्रण क्षेत्र विस्तार गर्ने पुटिनको चेतावनी

एजेन्सी, ३ पुस ।  रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना शर्तअनुसार युक्रेनसँगको शान्ति वार्ता अघि नबढे रुसले युक्रेनमा आफ्नो नियन्त्रणमा रहेको क्षेत्रलाई थप विस्तार गर्ने चेतावनी दिएका छन्।

वरिष्ठ सैन्य कमान्डरहरूको वार्षिक बैठकलाई सम्बोधन गर्दै पुटिनले कूटनीतिक प्रयास असफल भएमा सैन्य शक्तिको प्रयोगमार्फत लक्ष्य हासिल गर्ने संकेत दिएको अलजजिराले उल्लेख गरेको छ।

पुटिनका अनुसार रुस संघर्षलाई वार्तामार्फत समाधान गर्न चाहन्छ र युद्धका मूल कारणहरूको अन्त्यका लागि तयार छ।

तर, विपक्षी पक्ष र उसका विदेशी समर्थकहरूले गम्भीर संवाद अस्वीकार गरेमा रुसले सैन्य कारबाहीको बाटो अपनाउने स्पष्ट चेतावनी दिएका छन्।

युक्रेनले युद्ध अन्त्य गर्न अन्तर्राष्ट्रिय स्तरमा कूटनीतिक प्रयास तीव्र बनाइरहेको दाबी गरिरहेका बेला पुटिनको यो अभिव्यक्ति आएको हो।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै भएका उच्चस्तरीय बैठकहरूपछि शान्ति सम्झौता पहिलेभन्दा नजिक पुगेको बताएका थिए।

हाल अमेरिका, युक्रेन र युरोपेली देशहरूबीच सुरक्षा ग्यारेन्टी तथा सीमासम्बन्धी विषयमा वार्ता भइरहेको छ। तर, नेटो सदस्यता जस्ता संवेदनशील मुद्दामा अझै सहमति बन्न सकेको छैन।

 


Thali Mobile Pvt.Ltd.