भर्खरै : Sorry, your browser does not support inline SVG.

मानव अधिकार आयोगको प्रतिवेदन पुनरावलोकन गर्न ओलीको माग, निर्णय सच्याउन निवेदन

मानव अधिकार आयोगको प्रतिवेदन पुनरावलोकन गर्न ओलीको माग, निर्णय सच्याउन निवेदन

काठमाडौं, २५ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गतेका घटनासम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन सच्याउन माग गर्दै आयोगमा निवेदन दर्ता गराएका छन्।

ओलीका तर्फबाट एमालेका केन्द्रीय सदस्य महेश बर्तौलाले आयोगका अध्यक्ष तपबहादुर मगरलाई भेटेर आयोगको निर्णय नम्बर १७७ पुनरावलोकन गरी सच्याउन मागसहित निवेदन बुझाएका हुन्।

यसअघि राष्ट्रिय मानव अधिकार आयोगले भदौ महिनामा भएका घटनाका सम्बन्धमा पूर्वप्रधानमन्त्री ओली, पूर्वगृहमन्त्री रमेश लेखक र पूर्वसञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले मानव अधिकार उल्लङ्घन गरेको ठहर गर्दै उनीहरूमाथि कारबाही गर्न सिफारिस गरेको थियो।

ओलीको निवेदनमा आयोगको उक्त निर्णय संविधान, प्रचलित कानुन तथा अन्तर्राष्ट्रिय मानव अधिकारका मान्यताविपरीत रहेको दाबी गरिएको छ। साथै, निर्णय पूर्वाग्रहपूर्ण, असंवैधानिक र तथ्यगत रूपमा त्रुटिपूर्ण भएकाले पुनरावलोकन गरी सच्याउन आयोगसँग आग्रह गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.