भर्खरै : Sorry, your browser does not support inline SVG.

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक

मुख्य बुँदा

नेपाल आयल निगमको कार्यकारी निर्देशक पदका लागि ६ जनाको नाम सार्वजनिक।

असार २३ गतेसम्म प्राप्त आवेदनका आधारमा सूची प्रकाशन।

कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताको मिति पछि सार्वजनिक गरिने।

पदपूर्तिका लागि मन्त्रालयमार्फत आवेदन आह्वान गरिएको थियो।

काठमाडौं, २५ असार । नेपाल आयल निगम लिमिटेडको रिक्त कार्यकारी निर्देशक पदका लागि आवेदन दिएका ६ जना उम्मेदवारको नामावली सार्वजनिक गरिएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको नेपाल आयल निगमले बिहीबार सूचना जारी गर्दै रीतपूर्वक आवेदन दिएका उम्मेदवारहरूको नाम सार्वजनिक गरेको हो।

निगमका अनुसार सिफारिस समितिको असार १ गतेको निर्णयअनुसार असार २ गते गोरखापत्र राष्ट्रिय दैनिक र मन्त्रालयको वेबसाइटमार्फत आवेदन आह्वान गरिएको थियो। असार २३ गतेसम्म प्राप्त रीतपूर्वकका आवेदनका आधारमा दर्ता क्रमसंख्याअनुसार उम्मेदवारहरूको सूची प्रकाशित गरिएको हो।

सार्वजनिक सूचीअनुसार कार्यकारी निर्देशक पदका लागि छवि राज पोखरेल, कौशल के.सी., सञ्जिव कुमार देव, सीए नगेन्द्र साह, सरोज कुमार शर्मा र दिपेन्द्र कुमार देव प्रतिस्पर्धामा रहेका छन्।

नेपाल आयल निगमले उम्मेदवारहरूको कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताको मिति, समय तथा स्थान सम्बन्धी सूचना पछि सार्वजनिक गरिने जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.