भर्खरै : Sorry, your browser does not support inline SVG.

कृष्णभीरको पहिरो पन्छाउने काम तीव्र, रुख कटान सकिएलगत्तै सडक खुलाउने तयारी

कृष्णभीरको पहिरो पन्छाउने काम तीव्र, रुख कटान सकिएलगत्तै सडक खुलाउने तयारी

काठमाडौँ, १८ भदाै । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो पन्छाउने कामलाई तीव्रता दिइएको छ । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सडक सञ्चालनलाई प्राथमिकतामा राखेर पहिरो हटाउने काम अघि बढाइएको जानकारी दिएका छन् ।

मन्त्री लम्सालले बिहीबार सामाजिक सञ्जालमार्फत कृष्णभीरमा पहिरो पन्छाउने कार्य तीव्र गतिमा अघि बढिरहेको बताएका हुन् ।उनका अनुसार पहिरोको दुवै छेउबाट १८ जना परिचालन गरी रुख कटानको काम भइरहेको छ । पहिरो पन्छाउन आवश्यक निर्माण उपकरणसमेत दुवै छेउमा तयारी अवस्थामा राखिएको छ ।

रुख कटानको काम सम्पन्न हुनासाथ निर्माण उपकरण परिचालन गरी पहिरो पन्छाउने काम सुरु गरिने मन्त्री लम्सालले बताएका छन् ।उनले सडक सञ्चालनलाई प्राथमिकतामा राखेर कामलाई तीव्र गतिमा अघि बढाइएको उल्लेख गरेका छन् ।

पृथ्वी राजमार्गको कृष्णभीर क्षेत्रमा पहिरो खसेपछि सडक अवरुद्ध भएको अवस्थामा तत्काल पहिरो हटाएर यातायात सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.