भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीमा बेपत्ताको पहिचानका लागि आफन्तको डीएनए परीक्षण जारी | जलवायु सङ्कटको असर : प्रशान्तका टापु राष्ट्रमा खाद्य र खानेपानी अभावको जोखिम बढ्दै | व्यावसायिक ग्यास उद्योगमै पुगेर ल्याउनुपर्ने निर्णयको होटल व्यवसायीले गरे विरोध | चिनियाँ सरकारका लागि गैरकानुनी रूपमा काम गरेको आरोपमा अमेरिकी पत्रकारलाई २ वर्ष जेल | कृष्णभीरको पहिरो पन्छाउने काम तीव्र, रुख कटान सकिएलगत्तै सडक खुलाउने तयारी | रसुवा बाढी : मृतकको सङ्ख्या १ हजार २५२ पुग्यो, ४ हजार २१६ अझै सम्पर्कविहीन | हिमाली क्षेत्रमा बढ्दो हिम–चट्टान पहिरोको जोखिम, परम्परागत पूर्वसूचना प्रणाली अपर्याप्त हुने विज्ञको चेतावनी | भोटेकोशी बाढीपछि १३ परिवारको पर्खाइ : ‘एकपटक फोन गरेर सकुशल छु भनिदिए हुन्थ्यो’ |

चिनियाँ सरकारका लागि गैरकानुनी रूपमा काम गरेको आरोपमा अमेरिकी पत्रकारलाई २ वर्ष जेल

चिनियाँ सरकारका लागि गैरकानुनी रूपमा काम गरेको आरोपमा अमेरिकी पत्रकारलाई २ वर्ष जेल

काठमाडौँ, १८ भदाै । चिनियाँ सरकारका लागि अमेरिकाभित्र गैरकानुनी रूपमा विदेशी एजेन्टका रूपमा काम गरेको अभियोगमा अमेरिकी पत्रकार थोमस वेयर पाउकेन द्वितीयलाई दुई वर्ष जेल सजाय सुनाइएको छ ।

अमेरिकी न्याय मन्त्रालयका अनुसार संघीय अदालतले पाउकेनलाई जेल सजायसँगै थप ३६ महिना निगरानीमा राख्ने आदेश दिएको छ । निगरानीको अवधिमा उनलाई विदेश यात्रा गर्नसमेत रोक लगाइएको छ ।

५१ वर्षीय पाउकेनले यस वर्षको सुरुआतमा आफूविरुद्ध लगाइएको अभियोग स्वीकार गरेका थिए । उनका वकिल चार्ल्स बर्नह्यामका अनुसार पाउकेनले अदालतको निर्णयविरुद्ध अपिल नगर्ने भएका छन् ।

वासिङ्टन र बेइजिङबीच तनाव बढिरहेका बेला चिनियाँ सरकारका लागि कानुनअनुसार आवश्यक खुलासा नगरी काम गरेको आरोपमा पाउकेनमाथि अभियोजन भएको हो । अमेरिकी न्याय मन्त्रालयका अधिकारीहरूका अनुसार पाउकेनले चिनियाँ राज्य सुरक्षा मन्त्रालयका लागि संवेदनशील सूचना सङ्कलन, व्यक्तिहरूलाई भर्ती गर्ने तथा अन्य गतिविधिमा सहयोग गरेका थिए ।

पाउकेन सन् २०१० मा चीन पुगेपछि चिनियाँ केन्द्रीय टेलिभिजनलगायत विभिन्न सञ्चारमाध्यममा पत्रकारका रूपमा काम गरेका थिए । सन् २०२४ देखि उनी चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वामा सम्पादकका रूपमा कार्यरत थिए । अदालतमा पेस गरिएको शपथपत्रअनुसार कम्तीमा सन् २०१९ देखि पक्राउ पर्नुअघिसम्म पाउकेनले ‘क्याथी’ नामले चिनिने एक व्यक्तिको निर्देशनमा काम गरेका थिए । अमेरिकी न्याय मन्त्रालयका अनुसार उनले उक्त कामबाट कम्तीमा १ लाख अमेरिकी डलर प्राप्त गरेका थिए ।

उनलाई संवेदनशील सूचना उपलब्ध गराउन सक्ने व्यक्तिहरू पहिचान गरी भर्ती गर्नसमेत निर्देशन दिइएको अमेरिकी अधिकारीहरूको दाबी छ ।यद्यपि, पाउकेनका वकिलले उनले चिनियाँ पक्षलाई कुनै पनि वर्गीकृत सूचना उपलब्ध नगराएको बताएका छन् । पाउकेनले भने आफूले गरेको जिम्मेवारी स्वीकार गर्दै अदालतको सजाय सम्मान गर्ने बताएका छन् ।

अमेरिकी अधिकारीहरूले उनलाई जनवरी २०२५ मा अमेरिका फर्कने क्रममा रोकेर सोधपुछ गरेका थिए । त्यसपछि गत फेब्रुअरीमा उनलाई पक्राउ गरिएको थियो । टेक्सासका पाउकेनले चीनमा पत्रकारिता गर्दा ‘टम म्याकग्रेगर’ नामसमेत प्रयोग गरेका थिए । उनले अमेरिका–चीन सम्बन्ध तथा चीनको सेन्जेन सहरबारे दुईवटा पुस्तकसमेत प्रकाशित गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.